पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

एजेन्सी । बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ। ​ र्‍यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो।

युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्। बेलारुसले आतंकवादी गतिविधि गरेको आरोप उनीहरुले लगाएका छन्।

विमानमा ति पत्रकारसहित १ सय ७१ यात्रु सवार थिए। द नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि मात्रै विमानलाई गन्तव्यतर्फ उडान गर्न दिइएको थियो। विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए।

तर कुनै पनि प्रकारको बिस्फोटक पदार्थ विमानमा नपाइएको बेलारुसका सञ्चारमाध्यमले जनाएका छन्। झण्डै सात घण्टा ढिला गरि विमान आफ्नो गन्तव्य लिथुआनियाको राजधानीमा अवतरण हुन पाएको थियो। यात्रुहरुले विमान किन मिन्स्क डाइभर्ट गरियो भन्नेबारे जानकारी नदिइएको बताएका छन्। पत्रकार रोमनको रिहाइका लागि उनका समर्थक तथा बेलारुसका विपक्षी दलले अपील गरेका छन्।

पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

केबलकार चुडिँदा इटालीमा १४ जनाको मृत्यु

पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

कोरोना फैलनुअघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *