रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा

कालिकोट । सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।
रास्कोट नगरपालिकामा मंगलबारदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् । १५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ ।

अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ । देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो ।






