बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दिया ,२८ कार्तिक ।
बर्दियामा मिनी फोर्स गाडी र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको राप्तीसोनारी गाउँपालिका–५, चिल्लरियाका ३४ वर्षीय हुकुमबहादुर खत्री र उहाँका ६६ वर्षीय बुवा बलबहादुर खत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि बर्दिया अस्पताल र नेपालगञ्ज पठाइएको थियो । उपचारका क्रममा गम्भीर घाइते भएका बाबुछोरालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मिनी फोर्सका चालक गुलरिया नगरपालिका–८ निवासी ४० वर्षीय हरि चौधरीसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अन्य घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा बाबुछोराको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!