सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन हुने

सल्यान ,२० कार्तिक।

सल्यानका तीनवटा गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन हुने भएको छ। सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकाका विद्यालयलाई लक्षित गरी चार वर्षसम्म परियोजना सञ्चालन गर्न लागिएको हो।

परियोजनाले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा सङ्कटापन्न अवस्थामा रहेका बालबालिका र विद्यालयबाहिर रहेका जोखिममा परेका बालबालिकालाई प्राथमिकतामा राखेको छ। शिक्षामा सबै बालबालिकाको समान पहुँच स्थापित गर्दै उनीहरूको सहभागिता र सिकाइका अवसर विस्तार गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनका कार्यक्रम व्यवस्थापक सुरेश भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार परियोजनाबाट कुल १९ हजार ४२६ जना लाभान्वित हुने अपेक्षा गरिएको छ। जसमध्ये सात हजार ४२६ जना प्रत्यक्ष र १२ हजार जना अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। परियोजनाबाट लाभान्वित हुने प्रत्यक्ष लक्षित समूहमा ५०० जना अपाङ्गता भएका व्यक्ति पनि रहनेछन्।

चार वर्षसम्म सञ्चालन हुने परियोजनामार्फत तीनवटै गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षाको अभ्यास विस्तार गरिने कार्यक्रम व्यवस्थापक भण्डारीले बताउनुभयो।

परियोजनाले विशेषगरी अपाङ्गता भएका तथा विभिन्न कारणले शिक्षाको अवसरबाट वञ्चित बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, विद्यालयमा उनीहरूको सहभागिता बढाउने र सिकाइका लागि सहज वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।

समावेशी शिक्षाको अवधारणालाई विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुनै पनि बालबालिका शारीरिक अवस्था, सामाजिक पृष्ठभूमि वा अन्य कारणले शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य परियोजनाले राखेको छ।

सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन हुने

एनपीएलमा आज पनि २ खेल : सुदूरपश्चिम

सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना सञ्चालन हुने

नरैनापुरमै सुरु भयो जग्गा पास र कित्ताकाट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!