रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

अर्घाखाँची ,१२ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभएको छ । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेलगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो ।


पुल उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पुल निर्माण भएपछि वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताउनुभयो । उहाँले पुलको संरक्षण र दीर्घकालीन उपयोगको जिम्मेवारी अब स्थानीय समुदायको समेत भएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै काम गरेको बताउनुभयाे ।
‘३५ बर्षमा केही पनि भएको छैन भन्ने भाष्य गलत हो । यो अवधिमा थुप्रै काम भएकोछ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

उहाँले विकासका पूर्वाधार निर्माणसँगै त्यसको संरक्षणमा स्थानीय समुदाय र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्माण भएका संरचनाको संरक्षण गर्न सके मात्रै त्यसबाट दीर्घकालीन लाभ लिन सकिने उहाँको भनाइ थियो ।

सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले रङ्गशिङ्ग खोलामा निर्माण भएको पुल जनप्रतिनिधिको साझा प्रयासबाट प्राप्त उपलब्धि भएको बताउनुभयो । उहाँले पुल निर्माणले शितगंगा नगरपालिकाका दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

मन्त्री घिमिरेले वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै पक्की पुल निर्माणपछि दैनिक आवागमन सहज हुने बताउनुभयो ।

पुल निर्माणसँगै शितगंगा नगरपालिका-११ र ९ का बासिन्दालाई आवतजावतमा सहजता भएको छ । स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल सम्म पुग्न समेत पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

मुगुमा जडिबुटी खोज्नेक्रममा झडप  हुँदा एक जनाको

रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले

Leave a comment

Your email address will not be published. Required fields are marked *