वीरेन्द्रनगरमा पानीको पाइप सुक्यो, नगर प्रहरी जागिरमा जुक्यो!

कतिलाई था छ छैन सुर्खेतकाे वीरेन्द्रनगर राजा वीरेन्द्रको परिकल्पनामा बनेकाे शहर हाे । नेपालकाे पैलाे प्लानिङ सिटिकाे रुपमा रहेकाे वीरेन्द्रनगरकाे याेजना २९ सालदेखि लागू भयाे र यसलाई राजा वीरेन्द्रले कुनै दातृसंस्था वा सहयाेगी मुलूकबाट आर्थिक सहयाेग नलिई विशुद्ध तत्कालीन श्री५ काे सरकारकाे लगानिमा सिनियर प्लानर माधबभक्त माथेमाकाे नेतृत्वमा कल्पनामा डिजाइन र नक्साङ्कन गरि बनाएकाे शहर हाे वीरेन्द्रनगर । याे शहर बनाउँदा यहाँका धेरैजसाे नगरबनसीले आफ्नाे अचलसम्पति अर्थात जग्गा गुमाएका छन । खासगरि ऐलेकाे ७ नं वडाबासीका जग्गाजमिन सरकारले पञ्चहरुकाे मनखुसीमा नगन्य क्षेतिपूर्ति दिएर बनाएकाे शहर हाे वीरेन्द्रनगर त्यसैले याे शहर बनाउनमा सम्पूर्ण कटकुवालीहरुकाे याेगदानछ त्यसैले याे नगरले गर्ने हरेक गलत गतिविधिमा ७ नं वडाबासीकाे चित्त दुख्नु र उनिहरुकाे भावनामा ठेस लाग्दा नगर सरकारप्रति गुनासाे गरिनु स्वभाविक हाे । ऐलेकाे नगर सरकारले जुन गतिविधि गरेकाेछ त्याे अत्यन्त दुखद छ । नगरप्रमुख स्वयं जिम्मेवार नबन्नु र आफ्नाे पाटिकाे कर्मचारी राखेर नगरपालिकालाई उसकै अधिनमा चलाउनुले र उसले जिम्मेवारी पूर्वक कनम नगर्दिनाले भेरी लिफ्टीङ्ग खाने पानी आयाजनानै तहसनहस भएकाेछ । याेजनामा सहयाेग गर्ने संस्थालेनै अब भेरि लिफ्टिङमा लगानि नगरि जाने भएकाेछ भने आजसम्म भएकाे काम अलपत्र परेकाेछ । त्याे याेजनाकाे टेण्डर खारेज हुनुमा टेण्डर कसरी माग गर्ने भन्ने कुराकाे जिम्मेवारी गम्भीर रुपमा नलिएर खालि पाटिका पछि कुदने र मेयरलाई उचित सल्लाह नदिने नगरपालिकाका कर्मचारीकै कारण याेजना गुमेकाेछ र नगरका १ लाख चाैवन्न हजार जनसंख्याका लागि पुर्याउने खानि पानीकाे याेजना अलपत्र पारेर नगरवासीकाे पेटमा लात हानिएकाेछ । याैटा कर्मचारीले गर्दा भएकाे याे दुर्दशामा मेयर उपमेयर र एमाले दलका नेताहरु खुशी मनाई रहेकाछन । यिनिहरुले याे ४ बर्षकाे अबधिमा गरेका कर्तुत त कतिछन कति छन । तर सब्बै याेजना र यिनले गरेका गलत काम एक्कैचाेटि लेखेर त साध्य छैन । तर प्रत्यक्षरुपमा नगरबासीसित सराेकार राख्ने अर्काे याैटा काम भनेकाे नगर प्रहरीकाे नियुक्ति पनि हाे । नगरमा देखिने दैनिक बेथितिकाे नियन्त्रण र सडक किनाराका व्यापार व्यबसायहरु ब्यवस्थित गर्न सडककाे पार्किङ ब्यवस्था र बजारमा शान्ति सुरक्षा कायम गर्दै ब्यवसायीलाई नगर कर तिर्नका लागि उत्प्रेरित र प्राेत्साहित गर्न नगरले केही महिना अघि सत्ताईस सत्ताईस जना नगर प्रहरी भर्ना गर्याे । ती नगर प्रहरीलाई नियुक्त गरेवापत नगरले उनिहरुलाई पारिश्रमिक बापत नगरबासीबाटै उठेकाे करबाट कम्तिमा पनि करिब साढे ६ लाख मासिक भुक्तानि गर्छ । शुरुमा बजार ब्यवस्थापन गर्न नगर प्रहरीलाई खटाईयाे पनि । तर कुनै बहानामा ब्यापारीहरुले असन्तुष्टि जनाए भनेर ऐले ती नगर प्रहरीहरुलाई ती मेयरका सल्लाहकारले कार्लषमै हाजिर गराएका छन र उनकै मनमाैजि अनुसार कार्यालयकाे काम गराएका छन । मासिक तलबमा अनाहकमा साढे ६ लाख नगरले ब्यहाेरि रहेका छन तर ती हाकिमलाई नगरबासीबाट उठेकाे करकाे मैले दुरुपयाेग गरेकाेछु भन्ने ऐलेसम्म लागेकाे छैन । नत नगर प्रहरीकाे म्याद थप नगरेर उनिहरुलाई हटाउँने साेच बनाएकाछन नत नगरपालिकाले नगरपालिकाले नगर प्रहरीले गर्नु पर्ने जिम्मेवारी दिएर काममा खटाएकालछन । याे संसारमा एमाले पाटि र मेयर माेहन मनयाँ ढकनल बाहेक अरु के हि नदेख्ने याे कर्मचारी नगरपालिकामा बस्ने बेलासम्म कुनै उन्नति हुन दिँदैन भन्ने कुरा त्यहाँका कर्मचारीहरुले मात्र हैन कि बडा अध्यक्ष र सदस्यहरुले पनि भन्दछन तर त्याे कर्मचारीकाे विरुद्ध काेहि बाेल्न सक्दैनन । त्यसैले पनि ऐले नेपालकाे पहिलाे प्लानिङ सिटिकाे नगर बेहाल अबस्थामाछ । यहाँ बस्ने नगरबासी सबैजसाे एमालेनै भएकाे एमालेकै हाेल्डमा रहेकाे नगरपालिका ऐले पन्चायतकाे पालामा शरदचन्द्र शाहकाे कब्जामा रहेकाे खेलकुद परिषद जस्तै भएकाेछ । नगरपालिकाद्वारा नियुक्त ती कर्मचारी अबकास भएर नजाउन्जेलसम्म अब नत वीरेन्द्रनगरका नगर पुलिस नगरका लागि सन्चालित हुन्छन नत भेरी लिफ्टिङ खाने पानी आयाेजना बन्छ । बरु नगरबासी पानी खान नपाएर काकाकुल बन्लान अनि नगर प्रहरीका नाममा मासिक लाखाैँ रकम नगरपालिकाले फुक्ला तर एमालेका यी र भाेलि आउने प्रतिनिधि र याे कर्मचारीमा कैल्यै बिवेक पलाउने र जनताप्रति दायित्व वाेध हुने संकेत कतै देखिन्न । त्यसैले अब हामी नगरबासीहरुशीत पनि उनिहरुका कर्तुतका साक्षि बन्दै बस्दै गर्ने सिबाय अरु उपाए छैन । किनभने कमिनिष्ट शासन भनेकै जनता शाेष्ने हाे त्यसमा कमिनिष्टहरु सफल रहुन्जेल अरुकाे केहि लाग्दैन । गैर कमिनिष्टहरुमा चेतना भया !






