घुयँत्राे:हिजो पत्रकारको कलममा भरोसा, आज पत्रकारकै हातमा हतकडी !

साँच्चै पत्रकार किशोर श्रेष्ठ पक्राउ परेभन्ने हल्लिखल्लिछ । यसैबीच महासंघकि अध्यक्ष निर्मला शर्मानै सामाजिक सन्जालाँ उपस्थित भएर किशाेरकाे पक्राउ , उनकाे घर खानतलासि अनि उनी माथि पुलिसले गरेका व्यवहार समेत सिलसिलेबार रुपमा आईरहेकाले पनि सरकार अब पत्रकारमाथि खनिन शुरु गर्या हाे कि जस्ताे नि देखिन्छ । खासगरि याे सरकारलाई नेपालका पत्रकार र पत्रकारसित विश्वाश छैन । त्यशैले पनि रास्वपाले आफ्नो पक्षमा प्रचार गर्न र अरुका विरुद्ध अरिङ्गाल खनिएझैँ खनिन संसारका १ सय २२ वटा देशमा डिजिटल नेट वर्किङ गराईएकाे र तिनकै माध्यमले रास्वपा वा बालेन र रबिबिरुध्द कुनै पनि दलले सामान्य कुरा उठाउने बित्तिकै तिनका विरुद्ध सामाजिक सन्जालाँ एकै पटक छरपस्ट गालि आउँछ र सामाजिक सन्जाल हेर्नेहरु अतालिन्छन भन्ने गर्या सुनियाछ । साँच्चै कुराे के रैछ त भनेर कैले काईँ यसाे सामाजिक सन्जाल हेर्याे भने पनि त्यहाँ लेखिया तथा कमेन्ट गर्या कुरा पढ्याे भनेत साच्चिकै हाेईछ कि क्या जस्ताे नि लाग्छ । फेरि यसाे साेच्याे रबि त फेरि पत्रकार अनि पत्रकारिताटै राजनीतियाँ आका अनि उनकै पाटि सरकाराँ भाकाे बेलाँ पत्रकार र पत्रकारिता माथि किन खनियलान र जस्ताे पनि लाग्छ । तर पत्रकारलाई पक्राउ गरेकाे ३ दिन हुन लागि सक्दानि र महासंघबाट पक्राउकाे विराेध भै सक्दा समेत रबिकाे प्रेस विज्ञप्ति नआउनु र यसबारे बालेनले समेत कुनै स्ट्याटस नलेखिनुले सत्तासिन दुबै नेता पत्रकार पक्राउमा सहमत छन कि जस्ताे देखिन्छ । अन्यथा हिजाे आफ्नाे सत्ता नहुँदा सरकारले पत्रकारमाथि सामान्य कुदृष्टि राख्दानि पत्रपत्रिका र टेलिभिजनबाट सरकारकाे विराेध गरेर नथाकने रबि ऐले आफ्नो सरकार हुँदा नबाेल्नुकाे पछाडि कतै उनी पनि चाैथाे अङ्ग माथि जाईलाग्ने नै नीति बनाएर स्वतन्त्र प्रेसमाथि हाबि हुनै खाेजेका हुन कि जस्ताे पनि देखिन्छ । ऐलेकाे सरकार सत्तामा आउने बित्तिकै निजिरुपमा सन्चालित पत्रपत्रिकालाई विज्ञापननै नदिने नीति लिएर सरकारले जसरि निजिक्षेत्रकाे पत्रकारितामा धाबा बाेल्याे । त्यसबेला देखिनै बालेन सरकार आफ्नाे पाटि र आफ्नाे समर्थनका लागि स्थापना गरिएका डिजिटलबाहेक अरु सन्चार माध्यमलाई नमान्ने र आफ्ना गतिविधि पूरै सामाजिक सन्जालबाटनै सार्बजनिक गर्ने र बिकल्पका रुपमा केही अनलाईनहरुलाई सक्रिय बनाउने र तिनैबाट काम गर्ने नीति लिएकाे पनि देखिन्छ । अर्कोतिर हिजाेदेखि सन्चालित पत्रपत्रिका र अनलाईनहरुलाई कसरी तह लगाउने भन्ने याेजना बनाएर आफू र आफ्नाे सरकार वा पाटिविरुध्द समाचार लेख्ने वा लेख्दै आईरहेका र आँफुलाई चित्त नबुझेका पत्रकारहरुलाई ठिक गर्न उनिहरुका समाचारकाे चेवन गरेर आईरहेका बेला पत्रकार किशाेर श्रेष्ठले पत्रिकामा महिलाकाे तस्बिर सहित समाचार बनाउनु तथा उपसभामुखले पहिलेनै किशोर श्रेष्ठ विरुद्ध उजुर दिनुले पनि किशाेर सरकारकाे घेरा बन्दिमा परेकाे जस्ताे लाग्दछ । यहि बेला फेरि बजारमा ग्याँस अभाब रहेकाे र सरकारले ग्याँस पुर्याउन नसकेकाे भनेर सरकारकाे कमजोरी खाेतलि रहँदा सरकार पनि यै माैकामा
पत्रकारसित रिस पाेख्ने अबसर खाेज्दा स्वतन्त्र प्रेसका नाममा एमालेहरु पनि पत्रकाहरुसित सडकमा आए भने द्वन्द्व चर्किन सक्छ । त्यसैले सरकार आबेगमा नआई यसकाे समाधान खाेज्नु पर्छ । अन्यथा महासंघकाे छातामुनि बसेर देशभरका पत्रकारहरु सडकमा आएभने देश अशान्त बन्न सक्छ । यसकारण पनि सरकारले बेलैमा साेचाेस । याे द्वन्द्व चर्काउने कि साम्य पार्ने ,पाटि अध्यक्ष रबिकाे हातमाछ ।




