घुइँत्रो : देश बनाउने पालो आएपछि सबै पुराना कमरेड एउटै लाइनमा!

सुन्नु भाे , जनता जनार्दनज्यूहरु ! नेपालका कमिनिष्ट नेताहरु अब बल्ल देश बनाउन हिँड्नु भाे रे । हैन ०७ सालदेखि ५२ र ७४ साल हुँदै विभिन्न समयाँ देश बनाउँछु भनेर हिँडनु भाका नेता आजसम्म बाटैमा हराउनु भा रैछ कि! हिजाेसम्म परिवार ,नालनाता ,शाखा सन्तान, दरसन्तान बनाई दिन हिँड्या तर, अब चाइँ देश बनाउन हिँड्या जस्ताे पाे कुराे बुझियाे त हँ यीनरका कुरा अनुसार त ?सरकारले भष्टाचारी जतिलाई ल्याएर याैटै खाडलाँ जाक्ने अभियान चलाउन थालेछि कमिनिष्ट पाटिका भष्टाचारी नेताजति (केपि वलि, माधव नेपाल,झलनाथ खनाल, बामदेब गाैतम,प्रचण्ड ) ऐले अताल्लियर के गरम् र कसाे गरम् काे छट्पटीयाँ बाँचिरा बेला,माथिका नेता सहित विद्या भण्डारीलाई समेत साथमा राखेर प्रचण्डले ” क्रमभङ्ग ” भन्ने तिर चलाएछि नेपालका कमिनिष्टका पाँचै नेता प्रचण्डका पछि लागेर देश हामी बनाउँछाैँ भन्न थालेका छन । विगतका ३५ बर्ष यिनकै हाताँ त थे त ! त्याे बेला देश बनाउन यिनका हात कल्ले राेक्याथ्याे र? याे बालेन सरकारले सत्तालेकाे त भख्खर तीन मैना त भाे हैन र ? आजसम्म जता गयाे त्यतै भष्टाचार र बेथितिकाे विगविगि चलाएर राष्ट्रकाे ढुकुटियाँ हालि मुहालि चलाएका कमिनिष्टले कैलेकाे ललिता निवास त कैलेकाे चिया बगान काण्ड । अनि कैलेकाे सर्पखाेर देखि कैलेकाे क्यानटुनमेन्ट र अनि कैलेकाे सुनकाण्ड तअनि कैलेकाे ठेक्का पट्टा काण्ड र रेलकाण्डले देशलाई चारैतिराट घेरा हालेर भष्टाचार गर्न कुनै काण्ड बाँकि नराख्या कुरा त जनताले बुझेकै छन त अब फेरि याे क्रमभङ्ग काण्ड मच्चाएर खाेरभित्र जान राेक्न सकिन्छ कि त भनेर चल्या चाल त हाेला । चिन्ता नगर्नाेस भष्टाचारी ज्युहरु याे सरकारले पाएकाे ५ बर्षे म्याण्डेटमा भष्टाचारीजति चाहे कर्मचारी हुन या दलका नेता ,या हुन प्रधानमन्त्री र मन्त्री भष्टाचारी जति काेहि बच्नेवाला छैनन । जनताले याे सरकारलाई दिएकाे पैलाे आदेशनै भष्टाचारीकाे सफाया गर्ने हाे । सरकारकाे भष्टाचारी बिराेधि आन्दाेलन शीत अताल्लिएर जेलजानबाट वचन सकिन्छ कि भनेर देश बनाउँछाैँ भन्ने बहननाँ कमिनिष्टहरु एक भाछन तर, तिनरलाई देश बनाउने जिम्मा दिन्छ कल्ले के ! ? पाँच बर्षका लागि देशबनाउने जिम्मात जनताले रास्वपालाए दिई सक्याछन त जनताले चुनाबबाटै । तर पनि जनताकाे आँखाँ छाराे हाल्न खाेज्दै एक ठाउँमा भाका कमिनिष्टलाई जनताले के फेरि पनि आन्दोलनकै बलबाट माथि उठाउलान कि याे देशबाटै कमिनिष्ट भन्ने पाटि र नेताहरुकै सफाया हाेला ऐलेकाे सर्वत्र चासाेकाे विषय भन्या यै हाे । विगताँ बेलाबेलाँ सडकाँ बाेलाउँ जनता खुरुक्क आएझैँ अब यिनिहरका पछि आउलान जस्ताे लाग्दैन किनभने यिनले त जनतालाई सुखि र समृद्धि बनाउँछाैँ भन्ने निहुमा बेराेजगार,विदेश पलायन र थातथलाेनै बिर्सिएर एकठाउँबाट अर्काे ठाउँ जाने बनाए ।” टेक्ने जमिन न समाउने त्यान्द्राे” सबै आधार जनताबाट लुटेर नेता र कार्यकर्ताका लागि मात्रै जिउने प्रदेश संरचना बनाएर देश यसरी लुटे जसकाे बयान यहाँ गरि साध्य छैन । अब फेरि याैटा पाटिले दुईतिहाई मत ल्याएर शासन चलाएर देश र जनताका लागि केई गर्छ कि त भन्ने विश्वास जनतामा पलाई रा बेलाँ याे प्रचण्डकाे खेल किन आयाे बुझि नसक्नु पाे भाेत । प्रचण्डकाे देश बनाउने अभियान भन्या लुटपाट आतंक काटमार अनि सडक सदन सबैतिर अस्थिरतै अस्थिरता बनाएर सरकारलाई थकाएर गलाएर शासन चलाउँछु भन्ने हाेला अब ती दिन गए जुन बेला प्रचण्डले जे भन्याे त्यै हुने । ऐले जमाना फेरियाे कमरेड बरु यी नयाँ दल र नयाँ जेनजीबाट बच्नाेस भाेलि कुनैदिन लखेटालखेट पारेर बाँच्नै गाह्राे बनाउलान । छँदा खाँदा पाटि के के नै लुट्छु खान्छु भनेर आफ्ना दाैँतरीहरलाई वितडा पारेर दशै वर्षाँ माओवादि पाटिकाे अस्थित्वनै समाप्त पारेर ग` काे जनताले काँ बिर्स्याछनर ?! त्यसैले तपाईं कुनै पनि बहानाँ जनता अघि जाने हिम्मत नगरे हुन्छ त्यसमा पनि जनतालाई आन्दोलनका लागि सडकाँ उतार्ने त सपनै नदेखे हुन्छ । त्यसैले याे देश बनाउने टिम टुकाे कुनै काम छैन । पत्याउनाेस नपत्याउनाेस अब तपाईंहरका दिन गए । याे डिजिटल युग हाे देशपनि डिजिटल युगलेनै चलाउँछ र ती डिजिटल भनेका आजका युवानै हुन । कुरा बुझ्नु भाे नि !?






