रुकुम पश्चिममा अफिमसहित एक जना पक्राउ

प्रचण्ड खत्री ।
रुकुम पश्चिम, ३० असार ।
रुकुममा पश्चिममा प्रहरीले अफिस सहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम रुकुमको बाँफिकोट ४ मा अबैध लागुऔषधहरु ओसारपसार भैरहेको गोप्य सुचनाको आधारमा सोमबार राति गस्तीमा गएको प्रहरीलाई अफिमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

बाँफिकोट गाउँपालिका वडा नं ४ नुनईटाकुरा स्थित सडक खण्डमा २ जना व्यक्ति शंकास्पद रुपमा हिडिरहेको अवस्थामा रोकि चेकजाच गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि १ राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । दुई जनाको संख्यामा रहेका अफिम व्यापारीले एक्कासि प्रहरीमाथि आक्रमण सुरु गरेका थिए ।
उक्त समयमा बाँफिकोट ५ बस्ने बर्ष ३५ को शंकर पुरीलाई नियन्त्रणमा लिएकोमा निजको साथबाट अन्दाजी ४ के.जि ५०० ग्राम अफिम, २६ हजार नगद र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरी माथि थप अनुसन्धान कार्य जारी र फरार ब्यक्तिको खोजि भैरहेको छ ।






