फुकोट हाइड्रो सञ्चालन गर्न स्थानीयको माग

कालिकोट, १४ माघ ।
कालिकोट जिल्लामा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजना फुकोट हाइड्रोको काम सञ्चालन गर्न स्थानीयले ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्लामा रहेका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत नेपाल सरकारलाई पुग्ने गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
व्यवसायी तथा स्थानीय जीवनकुमार शाहीले मंगलबार कालिकोटका उद्योगी र सरोकारवालाहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको बताए । उनले भने, ‘आयोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा अदालतले आयोजनाकै पक्षमा फैसला हुँदा पनि अझै काम सुचारु नहुँदा हामी जिल्लावासीले सुचारु गर्न माग गरेका हौं ।’
सामाजिक अभियन्ता हिक्मतजंग मल्लले आयोजनाको काम अहिलेसम्म सुरुङमार्ग अन्तिम चरणमा रहेको भए पनि मुद्दा परिसकेपछि अदालतले केही वर्षयता विचाराधीन अवस्थामा रहेको मुद्दाको फैसला गर्दा पनि काम सुचारु नहुन दुःखद रहेको बताए ।
उनले भने, ‘गौरवको आयोजनाको काम सुरु हुँदै गर्दा जुन समस्या थियो अहिले छैन। तत्काल यो काम सुरु हुनुपर्छ । यदि काम सुरु नभएमा स्थानीय, व्यवसायी, उद्योगी तथा जिल्लाबासी आन्दोलनमा जान्छौं ।’
कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले कम्पनीका आयोजना प्रमुखका अनुसार अदालतको पूर्ण पाठ नआएकाले काम सञ्चालनमा ढिलाइ भएको बताए। उनले भने, ‘ यहाँहरूले बुझाएको ध्यानाकर्षण पत्र जस्ताको तस्तै पठाउनेछौँ। प्रशासनको तर्फबाट कुनै कसुर बाँकी नरहने गरी पहल गरिरहेका छौं ।’
फुकोट हाइड्रो सञ्चालन गर्न स्थानीयको माग

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै 

फुकोट हाइड्रो सञ्चालन गर्न स्थानीयको माग

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको

Leave a comment

Your email address will not be published. Required fields are marked *