वीरेन्द्रनगरबाट आठ जुवाडे पक्राउ

सुर्खेत, १ जेठ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, फुलबारी टोलस्थित जनक रोकायको घरमा नगद राखी जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९५ हजार एक सय ६६ रुपैयाँ नगद, ६ गड्डी तास र नौ थान मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । पक्राउ परेकाहरु जुम्लाको सिंजा गाउँपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–७, मा बस्दै आएका थिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ४२ वर्षीय मनबहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लालबहादुर बुढा ३४ वर्षीय लङ्कबहादुर बुढा । ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा, ३१ वर्षीय हरिबहादुर रोकाय र घरवेटी वीरेन्द्रनगर–७ का ३८ वर्षीय जनक रोकाय छन् ।






