घुयँत्राे:”भर्ती केन्द्र बन्द गर्ने वाचा, सिंहदरबारमै मेगा भर्ती मेला!”

हैन हाे जेनजी सरकार ! पुरानाे सरकारले आशेपासे,धर्नासे,झाेले ,चम्चे दलाल,अनेकलाई अनेक बहानाँ राष्ट्रिय ढुकुटी बाँड्याे भष्टाचारकाे खाेलै बगायाे, त्यै भएर हामी युवाहरुलाई चुनाबाँ जिताउनुस भनेर रुवासी गरेछि जनताले साच्चिकै पुराना दलले भन्दा राम्रो गर्लान कि भनेर दुई तिहाई देर सत्ताँ पुर्या हैनन् र ? तपाईंहरुनि भर्तिकेन्द्रहरु बन्द गर्नुकाे सट्टा झन ठुल्ठुला भर्ति केन्द्र खाेल्न पाे थाल्नु भाे त हँ । हिजाेका माननीय मन्त्रीले २ जना मान्छे राख्दा चिच्याकलाे गर्नु भाे अनि जनतानि रास्वपा पाटि भन्यात महानै हाे भनेर पुराना पाटिकाे खेदाे खन्नथाले ।तर तपाईँहरु भने आफ्ना झाेलेमार्फत सामाजिक सन्जालाट पुराना दललाई बेस्सरी पखाल्न लाउनु भाे अनि आँफुहरु चाईँ पुराना दलभन्दानि तल गिरेर १७ मन्त्री ५७ सल्लाकार,१५३ स्वकिय कर्मचारी गरि २ सय भन्दा बढिकाे जुलुसलेर सपंहदरबार छिर्ने चाँजाेपाँजाे मिलाउनु भएछ । देशकाे ढुकुटीले खर्च धान्नै हम्मे हम्मे परिराबेलाँ याे जुलुसलाई सिंहदरवारभित्र छिराएर के ख्वाउनु हुने हाे र कसरि खुवाउनु हुने हाे जनता तपाईंहरकाे सम्चार सुनेरै हाेसहवास गुमाउँदैछन । याैटा मन्त्रीलाई ५ वटा सचिव नियुक्त गर्ने ब्यवस्था मिलाउने याे सरकारले लाेकसेवा पास गरे कैयाैँ बर्ष जागिरे जीवन बिताएर मुस्किलले सचिवकाे ओहदाँ पुग्ने प्रकृया भित्र याैटा मन्त्रीले त्यै सचिवसरह सचिव भर्ना गर्ने र त्यसकाे याेग्यता मन्त्रीले मात्र परिक्षण गरेर नियुक्त गर्ने र सरकारी जागिरे सचिव सरहकाे बराबरी हैसियत हुने भन्ने सुन्दानै याे सरकार के गर्न खाेज्दैछ भन्ने शंका हरेक मान्छेका मनमा उव्जिएका छन । २ सय दस जनाकाे मन्त्रीहरुकाे माेर्चामा १/१ जना सरकारी सचिव नि थप्पिनेनै हाेलान । अनि ती सरकारी सचिवकाे हालत ती मन्त्रीका नियुक्त कर्मचारीले के गराउलान र के ती सचिव त्याे ठाउँमा बसेर काम गर्न सक्लान उनिहरुवीच द्वन्द्वकाे विजाराेपण नहाेला ? साच्चिकै बालेनले याे के माेडेल ल्याएका हुन देश विकाशका लागि ल्या हुनकि बिनासका लागि ल्या हुन त्याे कुरा उनलाई बाहेक अरु कसैलाई थाहा पनि छैन हाेला । सय दिनमा सय कुरा गरेर देखाउँछु भन्दा कतै सय काम पुर्याउन नसक्ने स्थिति भएछि याे गर्न सकिने कामलाई राेजेर यस्ताे अन्धाधुन्ध सचिवालय पाे बनाका हुनकि ? कि त बालेन पनि उत्तर केारियाकाे राष्ट्रपति किमजाेङ जस्ताे हुने रहर पालेर याे बाटाे अपनाएर हिँडिरहेका त छैनन् नि ? नेपालजस्ताे गरिब मुलुकमा याैटा मन्त्रालय चलाउन उसका हजाराै स्थायी संरचना छँदाछँदै याैटा मन्त्रीकाे नाै नाै जनाकाे निजि सचिवालय र त्यसमा नेपाल सरकारका सचिव सरहका ५/५ जना सचिव राखेर काम गर्ने भनेछि याे सरकारले कहाँकाे माेडालिटि ल्याएर कस्ताे काम गर्न खाेजेकाे हाे भन्दै सरकारलाई दुईतिहाई मत दिने जनता नि ऐले अन्याैलमा छन । के साँच्चै देशकाे विकास र समृद्धि मन्त्रीद्वारा नियुक्त यिनै ९ जनाले मात्रै गर्ने हुन र मन्त्रालयमा बाँकि अन्य सरकारी कर्मचारी नराख्नेनै निधाे याे सरकारले गर्या हाे त ! मन्त्रालय सन्चालनकाे माेडेलनै यै हाे र मन्त्रालयमा मन्त्रीका विश्वासपात्रहरु मात्र बसेर काम गर्ने माेडेल बनाईएकाे हाे भने याे माेडेललाई कम्तिमा १ बर्ष नब्यहाेरि यसका बारेमा के भन्न सकिन्छ र ! हेराैँ जेनजीहरुकाे नयाँ माेडेलले देश कसरी तान्छ । जनताकाे चासो भनेकाे गास,बास,कपास, राेजगारी,स्वास्थ्य र शिक्षा हाे । ती सबै कुराकाे यथेष्ट ब्यवस्था सरकारले गर्छ भने कस्ले कस्लाई, कहाँनिर नियुक्त गर्याे भनेर जनताले किन खाेज्छन र । जनताले त चाहेकाे भष्टाचारकाे अन्त्य ,देश विकास निर्माण र समृद्धिमा अघि जावाेस , युवाले वेराेजगार भएर बस्न नपराेस,ओखतिमुलाेकाे अभावमा कसैकाे ज्यान नजाओस , शिक्षाकाे उज्यालाे घामबाट काेहि बन्चित हुन नपराेस भन्ने न हाे । त्यसैले रास्वपा सरकार ,तपाईंहरुप्रति जनताकाे याैटा गुनासाे केछ भने तपाईंहरुनि पुराना दलहरुले जस्ताे छल कपट त गर्नु हुन्न ? त्यसाे नगर्नाेस,झुठा आश्वासन नबाँडनाेस जनता झुठा आश्वासनकाे भारी बाेकेर थाकि सक्याछन त्यसैले हुने कुरालाई हुन्छ भन्नाेस नहुनेलाई हुन्न भन्नाेस तर जनतालाई रिंगाउने काम नगर्नाेस । तपाईंहरुबाट जनताले खाेजेकाे यत्ति कुरा हाे । बाँकि तपाईंहरु कुन गाडि चढनु हुन्छ ? के खानु हुन्छ ? कस्तो लुगा लाउनु हुन्छ ? त्याे जनताकाे सराेकारकाे बिषय हैन । सबैचिज गरम् भष्टाचार गर्ने, राष्ट्रकाे ढुकुटि लुटने र जनतालाई धाेका दिने काम नगराैँ ।
” बिरसिक्का”

घुयँत्राे:”भर्ती केन्द्र बन्द गर्ने वाचा, सिंहदरबारमै मेगा भर्ती मेला!”

१५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको

Leave a comment

Your email address will not be published. Required fields are marked *