नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव

बाँके ,१९ पुस।

नेपालगन्जमा यही पुस ३० गतेदेखि ‘आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव’ सञ्चालन हुने भएको छ । महोत्सव नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना गरिनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष तथा महोत्सवका संयोजक समरबहादुर खत्रीले आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिए । महासंघ र महिला उद्यमी समितिको आफ्नै कार्यालय भवन निर्माणका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष खत्रीले बताए ।
महोत्सवमा २ सयदेखि २ सय ५० वटासम्म स्टल रहने आयोजकले जनाएको छ । नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम, स्थानीय स्तरमा उत्पादित वस्तुका स्टल, कृषि तथा वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्यास, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका स्टलहरू महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।
महोत्सव सफल बनाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिका कोहलपुर, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी, डुडुवा र नरैनापुर पालिका समितिले सहकार्य गरिरहेको महोत्सवका सह–संयोजक विष्णुप्रसाद खनालले जानकारी दिए । उनका अनुसार स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगका वस्तुहरूको दिगो बजार पहुँच स्थापित गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महोत्सव सञ्चालन अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि राखिएको छ । आर्थिक समितिका संयोजक तथा महासंघका कोषाध्यक्ष हुमाशंकर ओलीका अनुसार महोत्सव अवधिभर १ लाख ५० हजारदेखि २ लाखसम्म दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । ‘महोत्सवले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार मात्र होइन, आर्थिक कारोबार वृद्धि र दर्शकलाई निरन्तर मनोरञ्जन पनि प्रदान गर्नेछ,’ उनले बताए ।

यस महोत्सवले कला, संस्कृति, भेषभूषा, मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविध झाँकी, बाजा, परम्परागत पेशा र सीपलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । साथै बाँकेका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार भई जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ ।

नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव

कर्णालीमा खाना पकाउन अझै दाउराकै भर, वैकल्पिक

नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव

बाँकेमा पाटेबाघको आक्रमण : गाई चराउन गएका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds