रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

रुकुम पश्चिम ,७ कार्तिक ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा भएको बोलेरो जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ । उहाँका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो ।

गाडी चालक टोपजङ बुढा गम्भीर घाइते भएको र जिपमा सिट क्षमताभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।।

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

राप्ती पार गर्न ज्यान जोखिममा स्थानीय: दशौं

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ गम्भीर घाइते

ढकेरीमा बाघको आक्रमणबाट घाँस काट्न गएका ४०

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!