ढकेरीमा बाघको आक्रमणबाट घाँस काट्न गएका ४० वर्षीय खत्रीको ज्यान गयो

बाँके ,८ कार्तिक ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोलमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो। खत्री हिजो बिहान करिब ९ बजे रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका थिए।

साँझ ७ बजेसम्म पनि घर नफर्केपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए। खोज्दै जाँदा राति करिब ९ बजे बाघले आक्रमण गरेको अवस्थामा उनको शव वनभित्र फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।

हाल घटनास्थल नजिकको क्षेत्रमा वन कार्यालय र सुरक्षाकर्मीको टोली खटिएको छ। पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्ज आसपासका सामुदायिक वन क्षेत्रमा बाघको उपस्थितिसँगै स्थानीयहरूमा त्रास फैलिएको छ।

 

ढकेरीमा बाघको आक्रमणबाट घाँस काट्न गएका ४० वर्षीय खत्रीको ज्यान गयो

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *