जनअपेक्षा बमोजिम निर्णय गर्नुपर्छः मुख्यमन्त्री कँडेल


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनअपेक्षा अनुसार निर्णय गर्न र प्रक्रिया अगाडी बढाउन सचिवहरूलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले लेखिएका कानूनी कुरामात्रै देखाएर काम रोक्ने वातावरण गर्न नहुने बताएका हुन् ।


स्वच्छ नियत राखेर गरिएका कामहरू सञ्चालनका लागि सहयोग गर्नुपर्ने र दिन बिताउने कुराको छुट नभएको बारेमा मन्त्रीहरूलाई ध्यानार्कषण गराउँदै जिम्मेवारी पाएको बेला गम्भिरतापूर्वक कार्य गर्नुपर्ने सुझाव दिए । ‘मन्त्रालयको कार्यक्षेत्र र योजनाको प्रकृति अनुरूप जिल्ला र क्षेत्रका आधारमा सन्तुलन कायम गरेर योजना निर्माण गर्दा उपलब्धी र कार्यसम्पादनमा फड्को मार्न सकिन्छ,’ उनले भने,‘आर्थिक अनुशासन कायम गर्ने निकायको रूपमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट कार्यान्वयनमा लिने, भुक्तानी समयमा दिने कार्य गर्नु जिम्मेवारी भएकोले कार्यसम्पादनमा ख्याल आवश्यक रहेको छ ।’


रकमान्तरको अन्तिम समय पर्खिन नहुने आवश्यकताका साथ मन्त्रालय भित्रैबाट आन्तरिक कार्यहरू गर्नुपर्ने बताए । ‘आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको हुँदा तदारूकताका साथ काम गर्नुपर्छ,’ उनले भने,‘जनताको पहलकदमी र सक्रियता बढाएपनि माग गरेबमोजिम योजना छनोट नहुने भएकोले सोही अनुसारको मनोभावना सिर्जना गर्न आवश्यक रहेको छ ।’
जनताको सेवा गर्ने सरकार भएकालेले सरोकार राख्ने कार्यालयले जनतालाई बुझाउनु पर्ने मुख्यमन्त्री कँडेलले बताए ।

जनअपेक्षा बमोजिम निर्णय गर्नुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली प्रज्ञा प्रतिष्ठान बन्ने

जनअपेक्षा बमोजिम निर्णय गर्नुपर्छः मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगरमा क्षयरोगका एक ४३ का बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds