पश्चिम नेपालका मधेसी समुदायमा ‘भैया दुईज’ भव्य तयारी — दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै भुर्की पूजा मनाइँदै

बाँके ,६ कार्तिक ।

पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन यम द्वितीया अर्थात् भैया दुईज भव्य रूपमा मनाइएको छ।   आज विहीबारको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई भुर्की पूजा गरी टिका लगाउने, चिउरा, भुर्की र मिठाई खुवाउने परम्परा अनुरूप पर्व मनाइँएको छ।

घर–आँगनलाई गाईको गोबरले लिपपोत गरी, त्यसमा दाजुभाइको चित्र कोर्ने, नदी, तलाउ, पर्वत, बाघ, भालु, सर्प, बनजंगल आदिको आकृति बनाउने तथा विभिन्न काँडा र कुश राखी सिलौटा राखेर पूजा गर्ने परम्परा रहँदै आएको छ। उक्त सिलौटामा चामलको पीठोले नदीको आकृति बनाई त्यसमा ‘धर्मभाइ’को मूर्ति राखी पूजा गर्ने प्रचलन छ।

गाउँ–टोलका महिलाहरू सामूहिक रूपमा भेला भई भुर्की पूजामा सहभागी हुने परम्परा अझै जीवित छ। पूजा क्रममा दाजुभाइको दीर्घायु, समृद्धि र शान्तिका लागि विभिन्न कथा–कहानी सुनाइने गरिएको कशौधन महिला समाजकी अगुवा रमारानी वैश्यले बताउनुभयो।

वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकका अनुसार दिदीबहिनीहरूले विहानैदेखि व्रत बसेर दाजुभाइको सुख, स्वास्थ्य, प्रगति र दीर्घायुको कामना गर्ने प्रचलन रहेको छ। आजको पूजा गरेर तयार गरिएको चिउरा र भुर्की कात्तिक पूर्णिमासम्म टाढा रहेका दाजुभाइलाई खुवाइने चलन रहेको साहित्यकार विष्णुलाल कुमालले जानकारी दिनुभयो।

नेपालगन्ज–६, फुल्टेक्राकी रागिनी साहूले भन्नुभयो, “भुर्की पूजा दाजुभाइबीचको मायाको प्रतीक हो। यो दिनमा दिदीबहिनीहरूले दाजुभाइको सुख, शान्ति, समृद्धि र दीर्घायुका लागि टिका लगाएर पूजन गर्छन्।”

भाइटीकाको मुख्य साइतसँगै मनाइने भैया दुईजले मधेसी समुदायमा दाजुभाइको सम्बन्ध अझ मजबुत बनाउने संस्कारका रूपमा महत्वपूर्ण स्थान ओगटेको छ।

 

पश्चिम नेपालका मधेसी समुदायमा ‘भैया दुईज’ भव्य तयारी — दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै भुर्की पूजा मनाइँदै

जुम्लाको डिल्लीचाैरमा आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *