मुख्यमन्त्री आचार्यद्वारा दिदी-बहिनीका हातबाट तिहारको टीका ग्रहण
अर्घाखाँची,६ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहारको टीका ग्रहण गर्नुभएको छ । माइलि दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीका हातबाट साइतको टीका ग्रहण गर्नुभएको हो ।
भाइ खुबिराम आचार्यसहित मुख्यमन्त्री आचार्यले दिदी-बहिनीका हातबाट टीका ग्रहण गर्नुभएको छ । बिहिवार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई उहाँले आग्रह गर्नुभएको हो ।





