शुभकालिका गाउँपालिकाका विद्यालयमा गुनासो सुनुवाई संयन्त्र तालिम सम्पन्न: लैंगिक समानता र उत्तरदायित्वतर्फ सशक्त कदम

कालिकोट ,३ जेष्ठ।
शुभकालिका गाउँपालिका वडा नम्बर २ अन्तर्गतका दुई सामुदायिक विद्यालयहरू — श्री जनता माध्यमिक विद्यालय र श्री कालिका माध्यमिक विद्यालय, बालाचौर — मा गुनासो सुनुवाई तथा व्यवस्थापन संयन्त्र तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

आवाज संस्था, युरोपेली संघको आर्थिक सहयोग, र संयुक्त राष्ट्रसंघीय निकायहरू UNFPA,युनिसेफ, आइएलो तथा युएन ओमेनको संयुक्त अभियान अन्तर्गत सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत यो तालिम आयोजना गरिएको हो।

दुई दिने तालिम वडा कार्यालयमा सम्पन्न भएको हो, जसमा १४ जना सहभागीलाई गुनासो सुनुवाई संयन्त्र सम्बन्धी सीप र ज्ञान प्रदान गरिएको थियो। सहभागीमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता मन बहादुर शाहीले गरेका थिए।

शिक्षा शाखा प्रमुख नमराज आचार्यले तालिम सहजीकरण गर्दै सामुदायिक विद्यालयमा रहेका गुनासो पेटिकाहरूलाई नियमित सञ्चालन गरी गुनासो रहित विद्यालय निर्माण गर्न आग्रह गरे। तालिम सामाजिक परिचालक विपना अधिकारीले सहजीकरण गरेकी थिइन्।

सहभागी शिक्षकहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक र विद्यालय प्रशासनलाई थप जवाफदेही बनाउने खालको पहलको रूपमा लिएका छन्।

यो तालिमले विद्यालयभित्र सकारात्मक लैङ्गिक मापदण्डहरूको प्रवर्द्धन, लैङ्गिक हिंसाको रोकथाम र पीडितमैत्री सेवामा पहुँच अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। वडा नं. २ का विद्यालयहरूमा गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।

 

 

शुभकालिका गाउँपालिकाका विद्यालयमा गुनासो सुनुवाई संयन्त्र तालिम सम्पन्न: लैंगिक समानता र उत्तरदायित्वतर्फ सशक्त कदम

कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि

शुभकालिका गाउँपालिकाका विद्यालयमा गुनासो सुनुवाई संयन्त्र तालिम सम्पन्न: लैंगिक समानता र उत्तरदायित्वतर्फ सशक्त कदम

जुम्ला खलंगामा सय रुपैयाँले स्वादिष्ट खाना: “महँगीसँग

Leave a comment

Your email address will not be published. Required fields are marked *