जुम्लामा आगलागी नियन्त्रण गर्न ‘फायर हाइड्रेन्ट’ जडान

गाेल्डेन बुढा

जुम्ला,३२ असार।

गत चैत २१ गते जुम्लाको चन्दननाथ नगरपालिका -१० की ४५ वर्षीया शिवलक्ष्मी न्यौपानेको तीन तले घर जलेर ध्वस्त भयो। ढुङ्गा र माटोले बनेको १२ कोठे कच्ची घरमा आगलागी हुँदा भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहना र सबै सामान जले।घरपरिवारलाई जोगाइए पनि घर र सामान जोगाउन सकिएन।

प्रहरी कार्यलय जुम्लाका प्रमुख रविन बाबु रेग्मी अनुसार आगलागीले खाद्यान्न, नगद र सुन जलेर ९६ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको थियो।यस्तै गत माघ २१ गते जुम्लाको चन्दननाथ नगरपालिका-३ सिम्खाडा गाउँकी चन्द्रावती उपाध्यायकाे घर जलेर खरानी भयो। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी भए। ‘घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, लत्ताकपडा, रुपैयाँ गरगहना सबै खरानी भए।यस्तै अर्का धर्मलाल उपाध्यायको पनि आगलागीले घर नष्ट भएको थियोे। मानवीय क्षति भएन्।‘ज्यान जोगियो, चन्द्रावती उपाध्यायकाे ६ र धर्मलाल उपाध्यायको ४ जनाको परिवार बिचल्ली बन्यो। धर्मलालकाे तीन तले ८ काेठे जस्ताले छाएको र चन्द्रावतीको तीन तले १७ काेठे जस्ताले छाएको घर जलेर पूर्णरूपमा नष्ट भएको हो। भीषण आगलागीका कारण चन्द्रावती र धर्मलाल उपाध्यायको मात्र नभइ सिम्खाडा गाउँका शिव नारायण उपाध्याय र मयालाल उपाध्यायको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

चन्द्रावतीको सात ताेला सुनको करिब दस लाख ५० हजार रुपैयाँ, ५० ताेला चाँदी ९० हजार, पुरानो तामा १ सय २० केजी दुई लाख ६४ हजार, कास ८० केजी दुई लाख, लत्ताकपडा ५ लाख, इलेक्ट्रोनिक सामान एक लाख, खाद्यान्न दुई लाख, काठ (फर्निचर) तीन लाख, घरको क्षति ५० लाख, पुरातात्त्विक बहुमूल्य र नगद ३५ हजार रुपैयाँ गरी कुल ७७ लाख ४ हजार क्षति भएको छ।यता धर्मलाल उपाध्यायको तीन ताेला सुन तीन लाख ७५ हजार, चाँदी ६० ताेला एक लाख ८ हजार, कास ५० केजी दस हजार, पुरानो तामा १ सय केजी दुई लाख २० हजार, लत्ताकपडा ७ लाख, इलेक्ट्रोनिक सामान २ लाख, खाद्यान्न तीन लाख, काठ (फर्निचर) पाँच लाख, घर क्षति सात लाख र नगद १ लाख ५० हजार रुपैयाँसहित कुल ९६ लाख ६३ हजार रुपैयाँ गरी १ करोड ७३ लाख ६७ हजार रुपैयाँ बराबरको क्षति भएको छ।यस्तै गएको माघ १४ गते जुम्लाको सिंजा गाउँपालिका-१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको थियोे। स्याउ बगैँचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो। आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो।जुम्लाका ८ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा मात्र दमकल छ। तर, नगरपालिका सबै ठाउँमा दमकल जाने बाटो छैन।नगरपालिका १० वटा वडा छन्। तर, सबै वडामा दमकल जाने बाटो छैन। यो समस्यालाई मध्यनजर गर्दैआगलागीजन्य जोखिम न्यूनीकरणमा चन्दननाथ नगरपालिकाले एक महत्त्वपूर्ण कदम चालेको छ।

नगर क्षेत्रभित्रका जोखिमयुक्त बजार क्षेत्रमा पहिलोपटक ‘फायर हाइड्रेन्ट’ जडान गरिएको हो।यसले आपत्कालीन समयमा तत्काल पानी आपूर्ति गरी आगलागी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चन्दननाथ नगरपालिका -५ का वडा अध्यक्ष विर्ष कार्कीले बताए।उनका अनुसार यो कार्य नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय, स्वीस रेडक्रसको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिकाको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले सञ्चालित “शहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना” अन्तर्गत गरिएको हो।उनले भने, “परियोजना सानो स्तरको अल्पीकरण गतिविधिअन्तर्गत चन्दननाथ नगरपालिका–५ स्थित कालेखोली चोक, जिपी स्टेसनरीलगायत छ स्थानमा हाइड्रेन्ट जडान गरिएको छ।”नगरपालिकाका साँघुरा सडक र दमकल सहजै नपुग्ने स्थानमा हाइड्रेन्ट जडान गरिएको, “चन्दननाथमा पछिल्लो समय आगलागीको जोखिम बढिरहेको छ। यस्तो अवस्थामा आगो निभाउन तत्काल पानीको पहुँच अत्यावश्यक हुन्छ, जसका लागि यो हाइड्रेन्ट प्रणाली प्रभावकारी हुनेछ।”उनका अनुसार यो कार्यका लागि कुल १३ लाख ३७ हजार ४ सय ६८ रुपैयाँ खर्च भएको हो। रेडक्रस सुपर परियोजनाबाट ३ लाख ९५ हजार १ सय ६१ रुपैयाँ र वडा नम्बर ५ कार्यालयबाट ९ लाख ४२ हजार ३ सय ७ रुपैयाँ लागत साझेदारी गरिएको छ।

वडाले १० लाख रुपैयाँको लगानीसहित यो कार्य अघि बढाएको चन्दननाथ -५ का वडाअध्यक्ष कार्कीले थपे। उनले भने, “ हाइड्रेन्ट जडानका लागि समुदायको माग, स्थानको जोखिम मूल्याङ्कन र आवश्यकताको विश्लेषण गरियो। अब आगलागी भएमा हामीसँग प्रत्यक्ष पूर्वतयारी हुनेछ।”दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिन्न तर तयारीपूर्वक बस्ने हो भने क्षति न्यूनीकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।

उनले भन, “फायर हाइड्रेन्टको व्यवस्था गर्दा प्रशासनिक तहबाट पनि आवश्यक समन्वय र सहयोग गर्न हामी तयार छौँ।”

जुम्लामा आगलागी नियन्त्रण गर्न ‘फायर हाइड्रेन्ट’ जडान

जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds