घुँयत्राे : मन्त्री राजकुमार गुप्ताकाे राजीनामालाई बालै मतलब

जसरि रमेश लेखककाे राजिनामा माग्दा काँग्रेसीहरु लेखककाे बचाउमा आए । त्यै बदला पूरा गर्न प्रधानमन्त्री ओलिले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताकाे राजीनामालाई बालै मतलब द्या छैनन । त्यति मात्रै हैन साेमबार बेलुका बस्या मन्त्री परिषद बैठकमा समेत ओलिले गुप्तालाई त्यस सम्बन्धि कुनै कुरै गरेनन भने गुप्ताले कुनै असजिलाे र कुनै झिँझकबिनानै बैठक सकेर आफ्नो निवासतिर फर्किए ।

बिचरा गुप्तालाई कसैले थाहै नदिई एक्कासी उनकाे निवासमा ल्याएर छाेड्द्यारैछ त उनकाे के दाेष भाे तनि । सायद उनलाई कुनै काँग्रेसीहरलेनै षडयन्त्र गर्या हुन सक्छ । मधेसाँ एमालेहरकाे बिउनै सक्किन लाईरा बेलाँ गुप्ताजस्ताे हाेनहार मधेसी नेतालाई फसायछि मधेसाँ एमालेका नेताहरुनै सकिन्छन भनेर त हाेला उनकाे क्वाटराँ खुसुक्क गएर ७८ लाखकाे झाेला फाल्ने र झाेलापनि तिनै मन्त्रीले मात्रै देख्ने गरि फाल्ने ती मान्छे पनि महान र गाैरबशालिनै हुन जस्ले यस्ताे काम गरे ।

त्यसैले अब बा ले ढुक्क भएर डिफेन्स गर्दा हुन्छ कि हाम्रा गुप्ताले गुप्ति काम गर्दैनन् । हुनत विपक्षिदलका नेतागाैरबशालि कमरेड प्रचण्डले संसदमै” जाँ सरकार त्याँ भष्टाचार” भनेर २ तिहाईकाे सरकारकाे खिल्लि उडाएछि बाकाे चित्त त दुखेकै हाेला के गर्नु हुन्छतनि तपाइँका मन्त्री अधिकारी र गुप्ता ले भष्टाचार गरे भनेर छरपस्ट सम्चार आएछि विपक्षि दलकाे नेता हिसाबलेनि विचरा प्रचण्डले नि तपाइँले जस्तै केइ न केई दिन पराे भनेरहाेला जाँ सरकार त्याँ भष्टाचार भनेर द्या हाेलान !

तर चिन्ता नगर्नाेस प्रधानमन्त्री ज्यु ,जबसम्म तपाइँकाे सरकारी पाटनरले तपाईं र तपाइँका मन्त्रीहरले गर्या हर्कतकाे बिराेध गर्दैनन तबसम्म अरुले गर्ने विराेधले केई लछारपाटाे लाउन्न । हाताँ क्यामेरा र कलम बाेकेर हिँडने जाबाे पत्रकार भनाउँदाे जिनिसले मन्त्रीका विरुध्दमा लेख्दैमा त्यसैलाई पत्याएर मन्त्रीविरुध्द गएर नि चाैरासियाँ बहुमत आउँछ र ?

त्यसैले” काग कराउँदै गर्छ पिना सुक्दै गर्छ” भन्याझै विपक्षि कराउँदै गर्छन आँफुलेभने उखानलाई शिराेधार्य गर्दै आफ्ना झाेलेहरलाई ऐल्यैदेखि कुदाउँदै गर्ने काममा बरु तिनै मन्त्रीहरलाई प्रयाेग गरेर तराई कव्जा गर्ने मेसाे मिलाउन पराे किनभने दुईटै मन्त्री तराईका परे पाटिका लागि जे भन्याे त्यै गर्छननि । आखिर मन्त्रीले मैले भष्टाचार गर्या छैन ।

मेराे क्वाटराँ कल्ले ल्याएर पैशाकाे झाेला फाल्द्यारैछ भनेर भनी सकेछि त हाम्ले मन्त्रीले बदमासी गर्याछैन भन्ने त मान्नै पर्याेनि । हैन र ! बिचरालाई त्यसै दाेष लाएर हुन्छ र? बरु त्याे पैशा झाेला लिन काेई झाेले आएनन भने त्यसलाई लावारिस मानेर त्याे पैसा चुनाबा खर्च गर्ने गरि पाटिले क्याप्चर गर्न पराे कमसेकम चुनाउका बेलाँ दुईचाराेटा उमेदवारलाई चुनाउ खर्च दिनत पुग्ला हैन र ?

घुँयत्राे : मन्त्री राजकुमार गुप्ताकाे राजीनामालाई बालै मतलब

जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds