जुम्लाका कैदीलाई आत्मनिर्भर बनाउन सीप बिकास तालिम

गोल्डेन बुढा

जुम्ला,२ जेष्ठ।

जुम्ला कारागारले कैदीबन्दीहरूको पुनर्संरचना र पुनःस्थापना लक्ष्यका साथ सीप विकास तालिम सुरु गरेको छ। कारागार कार्यालय जुम्लाले सिलाई–कटाई तालिम संचालन गरी कैदीबन्दीहरूलाई आत्मनिर्भर बनाउन कदम अघि सारेको हो।

हाल कारागारमा रहेका १०० कैदीहरूमध्ये ४ महिला सहित ३० जनाले एक महिने तालिममा सहभागिता जनाएका छन्। तालिमको प्रशिक्षक स्थानीय रत्नकली नेपालीले नेतृत्व गरिरहेकी छन्। “मैले सिकेको सीप बाँड्ने अवसर पाएकी छु। यो मेरो स्वर्णिम अवसर हो,” प्रशिक्षक नेपालीले भनिन्, “म सम्पूर्ण प्रयासले सिकाउनेछु ताकि सहभागीहरूले भविष्यमा उपयोग गर्न सकून्।”

जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले तालिमको उद्घाटन कार्यक्रममा बोल्दै भने, “विगत, वर्तमान र भविष्यलाई जोड्ने सेतु नै सीप विकास हो। यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ।”

कैदीबन्दीहरूले भने तालिम न्युनतम तीन महिनाको अवधि रहेको भए अझ प्रभावकारी हुने जनाएका छन्। कारागार प्रशासनले भविष्यमा थप दीर्घकालीन तालिम सञ्चालन गर्ने योजना बनाइरहेको जनाएको छ।

सिलाई–कटाई तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै रिहाइपछिको जीवनमा रोजगारीसँग जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो तालिमले कारागारलाई मात्र नभई समाजलाई समेत सकारात्मक सन्देश दिएको छ।

 

जुम्लाका कैदीलाई आत्मनिर्भर बनाउन  सीप बिकास तालिम

सुन्तला बगैंचाबाट मनग्य आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *