सुन्तला बगैंचाबाट मनग्य आम्दानी

दिनेश बुढा, सुर्खेत । सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसान भरतनाथ योगीको सुन्तला बगैंचा छ । उनले आफुसँग भएको उत्पादनशील जग्गामा अन्य नगदे बाली हटाएर सुन्तलाको खेती गरेका छन् । विगत लामो समयदेखि सुन्तला खेती गर्दै आएका किसान योगीले त्यहाँबाट मनग्य आम्दानी पनि गरिरहेका छन् । उनले यस खेतीबाट बार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएको बताए । योगीले भने, ‘मैले सुरुमा २०३२ सालबाट सुन्तला खेती सुरु गरेको थिएँ, हाल ४४ रोपनी जग्गामा सुन्तला खेती गरिरहेको छु, यसबाट आम्दानी पनि सोचेभन्दा राम्रो छ ।’ पेशाले स्वास्थ्यकर्मी समेत रहेका योगीले आफ्नो परिचय फेरेका छन् । सुन्तला खेतीबाटै योगीले विभिन्न सहरमा घर घडेरी किनेका छन् ।

योगी पेशाले स्वास्थ्यकर्मी भए पनि सुन्तला खेती उनको प्राथमिकता हो । दुई–चार बोटबाट सुरु गरेका उनले हाल ४४ रोपनी जग्गामा व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । योगीले प्रत्येक वर्ष सुन्तला बेचर २५ देखि ३० लाखसम्म बिक्री गरेको बताए । सल्यानका अधिकांश किसानहरुले व्यवसायिक सुन्तला खेतीलाई जोड् दिएका छन् । स्थानीय लोकबहादुर डाँगीले राजनीतिसँगै व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । उनको बगैँचामा करिब ७०० बोट सुन्तला छन् । यस्तै, झण्डै ५० वर्ष अघिदेखि बागचौर नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने कोटमौला सुरु भएकोमा हाल यहाँका दर्जनौं गाउँमा २५० किसानले बर्षे तथा हिउँदे अन्नबाली छोडेर सुन्तला खेती गरेका छन् । सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थानलाई सुन्तलाको पकेट क्षेत्र मानिन्छ ।

जिल्लामा झण्डै एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । सल्यान तथा दैलेखमा अहिले सुन्तलाबाटै जिवन स्थर उकास्नेको संख्यामा वृद्धि भएको छ । अधिकांशका घरहरुमा सुन्तलाका बोटहरु देखिन्छन् । सुन्तला बेचर धेरै स्थानीयहरु स्वरोजगार बनेका छन् ।

एकीकृत बजार आवश्यक

सुन्तला खेतितर्फ किसानको आकर्षण बढे पनि एकीकृत बजार अभाव र रोग किरा नियन्त्रण लगायतका समस्या किसानहरुसँग छन् । सुन्तलामा लाग्ने सिट्रस ग्रिनिङ रोगका कारण उत्पादन घट्न चिन्ता उनिहरुको छ । अर्कोतिर एकीकृत बजार अभावमा अधिकांश किसानहरु विचौलियाबाट ठगिने गरेका छन् । तर, सुन्तला किन्नका लागि व्यापारीहरु किसानको बगैँचामै पुग्ने भएपछि बिक्री वितरणमा केही सहज भने बनाएको छ । जसका कारण सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्ने समस्या हटेको छ । उत्पादित सुन्तला सल्यानका विभिन्न बजार सँगै दाङ, नेपालगन्ज, कोहलपुर, बर्दिया बुटवल, काठमाण्डौँ, धनगढी, महेन्द्रनगर हुँदै भारतको सुनवल, लखनउ सम्म पुग्ने गर्दछ ।

सुन्तला उत्पादनलाई अझै आधुनिककरण गर्ने हो भने यहाँ मान्छेको आकर्षण बढ्ने देखिन्छ । तीनै तहका सरकारले राम्रो प्रचारप्रचार गरे सुन्तलाबारीलाई कृषि पर्यटकीय गन्तव्यको ठाउँसमेत बनाउन सकिन्छ । सुन्तलाले प्रख्यात रहेको सल्यान र दैलेख जिल्ला सिजनको समयमा बगैँचाभरी पहेंलै फलेका सुन्तलाका बोटले पर्यटकलाई लालहित बनाउने गर्दछ । चिसो मौसममा उपभयोग गर्ने सकिने यो फल दिउँसोको पारिलो घामसँगै सुन्तला खानुको आनन्द पनि बेग्लै हुन्छ । सल्यानको विभिन्न पालिकाका विभिन्न ठाउँमा फलेको सुन्तला देख्दा त्यहाँ पुग्नेहरु दङ्ग पर्छन् । घरै–घर लगाइएका बोटमा सुन्तला पाकेर छुट्टै आर्कषक र सौन्र्दय पनि देखिएको हुन्छ ।

सल्यान/दैलेख सुन्तला उत्पादनका लागि प्रख्यात

यस्तै, सल्यान र दैलख जिल्ला सन्तलका लागि प्रख्यात हुन् । सल्यानबाट प्रत्येक वर्ष करोडौँको सुन्तला निर्यात हुने गरेको कृषि विकास कार्यालयले सल्यानले जनाएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले सुन्तला लगाइएको १ हजार ६७५ हेक्टर क्षेत्रफल मध्ये ९८२ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको बताए । उनले आर्थिक वर्ष २०८०/०८१ मा कुल उत्पदान ७ हजार ४८० मेक्टिटन मध्ये ३ हजार ८६७ मेक्टिटन निकासी हुँदा २९ करोड ३४ लाख ६६ हजार तीन सय रकम जिल्ला भित्रिएको बताए ।
सूचना अधिकारी घर्तीले चालु आर्थिक वर्षमा सुन्तला निकासीबाट करिब ३५ करोड ५५ लाख रकम जिल्ला भित्रिएको बताए । यस्तै, दैलेख जिल्लामा आर्थिक वर्ष २०६७÷०७७ देखि २०८१÷०८२ सम्म ६ वर्षको अवधिमो सुन्तला उत्पादन दर बढ्दो कक्रममा रहेको छ।

कृषि विकास कार्यालय दैलेखले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/०७७ मा ५ हजार ९२३ मेक्टिटन, २०७७/०७८ मा ६ हजार १५, २०७८/०७९ मा ६ हजार १०९, आ.व. २०७९/०८० मा ५ हजार ९८५ मेक्टिटन उत्पादन भएको छ। यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा सुन्तला उत्पादनको कुल क्षेत्रफल १ हजार ७४५ हेक्टर रहेकोमा ६ सय ४ हेक्टर उत्पादनशिल जग्गामा ६ हजार १५ हेक्टर र चालु आर्थिक वर्षमा जिल्लामा सुन्तला उत्पादन हुने कुल क्षत्रेफल १ हजार ४११ हेक्टर जग्गामा ८१५ हेक्टर उत्पादनशिल जग्गाबाट ९ हजार ८३१ मेक्टिटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरत पाण्डेले जानकारी दिए । उनका अनुसार यस वर्ष सुन्तला उत्पादनबाट करिब ४० करोड बढी मूल्य बराबरको करोबार भएको छ ।

पाँच वर्षमा १ लाख मेट्रिक्टन बढी उत्पादन

कर्णाली प्रदेश आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ५४२ हेक्टर क्षेत्रफलमा २ हजार ४९१ हेक्टर क्षेत्रफल उत्पादनशील रहेको थियो । त्यसमा २७ हजार ८२६ मेक्टिटन सुन्तला प्रतिहेक्टर ११ दशमलव १७ मेक्टिटनका हिसाबले उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ५९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादन क्षेत्रमा २ हजार ५४२ हेक्टर क्षेत्रफल उत्पादनशील थियो । उक्त क्षेत्रफलबाट २८ हजार २२५ मेक्किटन सुन्तला प्रति हेक्टरमा ११ दशमलव १० मेक्टिटनमा उत्पादन भएको थियो ।  यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ५९७ हेक्टर क्षेत्रफलमा २ हजार ५४२ उत्पादनशील क्षेत्रफल रहेकोमा प्रति हेक्टर ११ दशमलव १० मेक्टिटनका दरले २८ हजार २२५ मेक्टिन सुन्तला उत्पादन भएको थियो ।

आर्थिक वर्ष ०८०/०८१ मा ३ हजार ५४२ हेक्टर क्षेत्रफल मध्ये २ हजार ४९१ उत्पादनशील क्षेत्रफलमा प्रतिहेक्टरमा ११ दशमलव १७ मेक्टिटनका दरले ३१ हजार ३६५ मेक्टिन सुन्तला उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस्तै, चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म मन्त्रालयमा उपलब्ध भएको तथ्यांकअनुसार ४ हजार ८६२ हेक्टर क्षेत्रफल मध्ये २ हजार ७८० उत्पादनशील क्षेत्रफलमा प्रतिहेक्टर ९.६७ मेक्टिटनका दरले २६ हजार ८७८ मेक्टिटन सुन्तला उत्पादन भएको छ ।

मन्त्रालयले थालेको पहल

मन्त्रालयले सुन्तलालाई विषादीरहित गुणस्तरीय उत्पादन बढाउनका लागि कृषक पाठशाला कार्यक्रम लागू गरेको छ । सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा सुन्तलालाई गुणस्तरीय उत्पादन बढाउनका लागि कृषक पाठशाला कार्यक्रम लागू भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत मुकुन्द शर्माले जानकारी दिए । उनले भने, ‘मन्त्रालयले गत आर्थिक वर्षदेखि कृषक पाठशाला कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम फलफूल, मसलाबाली, तरकारी बाली लगायतको गुणस्तर बढाउनका लागि कर्णालैका अधिकांस जिल्लामा लागू भएको छ ।’ यस्तै, अधिकृत शर्माले सुन्तलामा गुणस्तरीता बढाउनका लागि चालु आर्थिक वर्षमा सुन्तला उत्पादन हुने कर्णालीका चार जिल्लाहरु सल्यान, दैलेख रुकुमपश्चिम र जाजरकोटमा कृषक पाठाशाला कार्यक्रम लागु भएको बताए । उनका अनुसार प्रत्येक जिल्लामा २५ जना किसान समावेश भएको एउटा समूह बनाएर मन्त्रालयले काम गरिरहेको छ । साथै यसका लागि मन्त्रालयले प्रत्येक वर्ष आवश्यक बजेटको व्यवस्थापन गर्दै आएको जनाएको छ ।

सुन्तला बगैंचाबाट मनग्य आम्दानी

विकासका यी पूर्वाधार : जसले बदल्दैछन् कर्णालीको

सुन्तला बगैंचाबाट मनग्य आम्दानी

जुम्लाका कैदीलाई आत्मनिर्भर बनाउन सीप बिकास तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *