घुयँत्राे:भ्रष्टाचारको कारबाही: ग्यारेन्टी कार्डबिनाको सपनाजस्तै

जेन जीहरकाे आन्दोलन त सफल भयाे ।उनिहरुले चाहेजस्ताे परिणाम निस्क्याे निस्केन त्याे त उनिहरुलाईनै थाह हाेला । तर उनिहरुले चलाएकाे आन्दोलनमा देशभर भएकाे क्षेतिलाई हेर्दा त्याे जति मेहनत गरेनि पूर्ति हुन सक्दैन ।नेपाल जस्ताे यति सानाे र गरिब देशका जनताकाे सम्पति र तिनैताबाट कर उठाएर बनाइएका संरचनाहरु यसरी ध्वस्त गरिएकि त्यस्ताे ध्वस्त त अत्यन्त ठुलाे दुष्मनि भएका दुई देशकाे बिच हुने युध्दमा पनि हुँदैन । तराईदेखि हिमाल , पूर्वदेखि पश्चिम , सरकारीदेखि सार्वजनिक र निजिसम्पति नाेक्सानकाे लेखा जाेखा गरेरै सकिँदैन । आफ्नै देशकाे सरकार गिराउन यस्ताे विभत्स ध्वंस सायद हिजाे न कहिँ भए न भविष्यमा हाेलान ।

विनानेतृत्वकाे आन्दोलनले सबैक्षेत्र यसरी तहसनहस हुँदाे रहेछ । जनताकाे सरक्षा गर्न बसेकाे सुरक्षा निकायहरुकाे तमाशा हेराईले गर्दा भएकाे याे क्षेति र सराेकारवाला निकायकाे गैरजिम्मेवारापनले भएकाे याे विध्वंस ईतिहाँसमा सबैभन्दा कालाे धब्बाका रुपमा लेखिनेछ ।बिध्वंस मच्चाउनेहरुका विरुद्धमा यहाँ जति दाेष देखाएर लेखेनि त्याे कमनै हुनेछ । खैर अब आन्दोलन सकिएकाेछ ।आशा गराैँ अन्तरिम सरकार बनेछि आन्दाेलन राेकियलानै । आन्दोलन सकिएछि जेनजीले उठाएकाे पहिलाेमाग भष्टाचारीलाई कार्बाहि हाे ।त्यसका लागि छानबिन आयाेगका लागि मान्छे खाेज्दै जाँदा ओलि, आर्जु ,विष्णु पाैडेल,प्रचण्ड, रबि,माधब , लिङ्देनका मान्छे पर्दैनन भन्ने कुराकाे के ग्यारेन्टी ! अनि ल त्याे परेनन रे , छानबिन भयाे प्रतिवेदन बन्याे त्यसलाई हिजाेका सरकारवालाहरुले जस्तै थन्क्याउने र थन्क्याउनका लागि यी नेताहरुले धम्क्याउन्नन भन्ने कुराकाे ग्यारेन्टी के ? ल ठिक्छ यहाँसम्म त जेनजीहरुले भने जस्तै भयाे तर प्रतिबेदनलाई कार्यान्वयन गराउन गिरिजाले जसरी फायल थन्क्याएर राख्दैनन र कार्बाहि अघि बढछ भन्ने विश्वस्तता के !? ल यी सबै प्रकृया पुगे रे तर मुध्दा दर्ता गर्ने बेलाका महान्यायाधिवक्ता र न्याधिबक्ताहरुले भष्टाचारीलाई कार्वाहि हुने गरि र नउम्किने गरि मुद्दा लेख्छन भन्ने ग्यारेन्टी के ? अनि कैले अदालतमा मुद्दा आउला र अबसर छाेपेर बसम्ला भनेर जुङामा ताउ लाएर बसेका पाटिले नियुक्त गरेका न्यायाधिसहरु यति बेलासम्म निश्पक्ष भएर कसैकाे माेला हिजामा नलाग्ने गरि परिवर्तित भएर बस्याछन भन्ने कुराकाे ग्यारेन्टी के ? अर्थात भष्टाचारीलाई कार्बाहि गराउँदा पार गर्नु पर्ने यति धेरै खुटकिलामा बस्ने ती सबैमान्छे जेनजीले साेचेजस्तै र चाहेजस्तै हाेलान त! त्यति बेलासम्म बाका छाेराहरु अनि भाउजुका देवरहरले शान्त भएर काम गर्न देलान अनि सुरक्षा निकायले भष्टाचारीलाई कार्वाहि गर्न सघाउला? यी तमाम आशंकाका बीच अबका प्रकृया अघि बढाउलान र बढलान तर पनि भष्टाचारीहरुलाई कार्बाहि हाेला र ? भन्ने आशंका हरेक मान्छेमा उब्जिएका छन यसाे हुनुकाे पछाडि ४८ सालदेखि ऐलेसम्म भष्टाचारीलाई कार्बाहि नहुनु र देश एकछत्र भष्टाचारीहरुकाे हातमा जानू हाे ।

भष्टाचारीलाई कार्वाहि गर्नुकाे सट्टा कानुनै बनाएर जग्गा बेचेर खाने ओलि अनि भष्टाचार भयाे मान्छे नै बेचेर पैशा खाए यिनलाई कार्वाही गर भन्दा उल्टै कार्यकर्तालाई झपार्ने देउबाले आफ्नि स्वास्नीले घरमा खाल्डाे खनेर लुकाउने गरेकाे रुपैयाँ र सुन चाँदि अनि घरभरि आन्दोलनकारिले जलाएका रुपैयाँ र अमेरिकन डलर अनि चाईनिज एन आँफ्नै आँखाले देखे त हाेलान अनि विश्वाश त भए हाेला त साँच्चिकै आफ्नि स्वास्नी भष्टाचारीरैछ भन्ने कुरा । के गर्ने त्यैकुरा जनता र कार्यकर्ताले भन्दा विश्वाश लागेन अनि सबैकुरा बिग्रियछि आफ्नै आँखाले देख्दा पश्चाताप समेत गरेरनि कुनै उपलब्धि नहुने भाे । काँग्रेसमा आर्जु र एमालेमा ओलिकाे निरंकुशतावादि चरित्रले सिंगाे पाटिनै तहस नहस भयाे । अँझै पनि यीनिहरुले भष्टाचारीलाई कार्वाहि गर्ने कुरामा अबराेध गरेभने पाटिकाे नाम निसानै मेटिनेछ । चेतना भया !

घुयँत्राे:भ्रष्टाचारको कारबाही: ग्यारेन्टी कार्डबिनाको सपनाजस्तै

जुम्लाकाे चन्दननाथ नगरपालिका जेन -जी काे आन्दोलनकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *