वजार अनुगमन सम्वन्धि सराेकारवाला निकायासँग अन्तक्रिया

दुर्गा विसि

सल्यान,२१ मंसिर।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा आज वजार अनुगमन सम्बन्धि अन्तरक्रियामुखि कार्यक्रम सम्पन्न भएको छ ।वजार क्षेत्रका किनमेल गरि राखिएका खानेकुराहरु सचेत भएर खान आग्रह गरिएको छ । निकायहरुरुले वेला वेलामा वजार अनुगमन गर्न समेत उपभोक्तहरुले सम्बन्धि निकायलाई गुनासो गरेका छन् ।

वाणिज्य आपूर्ति कार्यालय उपभोक्ताले हरेकदिन प्रयोग हुने उपभाेग्य सामानहरुकाे तिथि मिति हेरेर मात्रै किन्न आग्रह गरेको छ ।

वजारमा खानेकुराकाे तिथिमितिमा अत्यन्तै संवेदनशिल वन्न समेत सचेत गराएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यक्रम नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख हरिवहादुर खत्रीले उपभोक्ताहरु वजारमा अत्यन्तै विभिन्न रुपमा ठगिने गरेको जनाउनु भयो। यस्ता कुरामा सबैलाई सजगता अपनाउन उहाँको आग्रह रहेको छ।याे समयमा व्यवसायीहरुका पनि छुट्टै समस्या छन्,तर समस्या हुदाहुदै पनि उपभोक्तकाे स्वास्थ्यमा नकारात्मक असर पार्ने उपभाेग्य चिजहरु विक्रि गर्दा ख्याल पुर्‍याउन व्यवसायीहरुलाइ सचेत पारिएको छ । कार्यक्रमका वारेमा आपूर्ति कार्यालयका तर्फबाट प्रष्ट पारिएको थियोे ।

बनगाड कुपिण्डे नगरपालिकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा र नगरपालिकाको समन्वयमा बजार अनुगमन सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियोे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख खत्रीकाे अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर बुढाथोकी,निम्ति प्रमुख प्रशासकिय अधिकृत महेश देवकोटा,वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, उद्योग वाणिाज्य संघ सल्यानका प्रतिनिधि,वजार व्यवस्थापन समिति पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, स्थानीय व्यापारी लगायतको उपस्थितिमा रहेको थियोे ।

वजार अनुगमन सम्वन्धि सराेकारवाला निकायासँग अन्तक्रिया

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,०००

Leave a comment

Your email address will not be published. Required fields are marked *