जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

गाेल्डेन बुढा

जुम्ला,२२ असार।

जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लास्तरीय खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयले शनिबार सदरमुकाम खलंगामा एक कार्यक्रम आयोजना गरि घोषणा गरेका हुन्।राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको छ।बालबालिकाले बीसीजी, डिपिटी, दादुरा, रुवेला लगायतका विभिन्न नियमित खोप लगाईएका छन् । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले संयुक्तरूपमा पानसमा बत्ती बालेर जुम्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।

मेयर कठायतले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएपनि भोलिका दिनमा यसलाई निरन्तरता दिने कुरामा सबैको ध्यान जान जरुरी भएको बताए ।पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै उनलेे पूर्ण खोप सुनिश्चित गर्नका लागि यो कार्यक्रमलाई निरन्तरता दिदै यसलाई चलाखीपूर्ण रुपमा निगरानी गर्ने आवश्य छ।उनले यदी खोप कार्यक्रमलाई निरन्तरता दिन नसकेको खण्डमा भविस्यमा फेरी महामारी रोग फैलिन सक्नेप्रति सवै सजग हुनेपर्ने बताए।

यता जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक गाैरीनन्द आचार्यले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए।खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा यो पुरा गर्न प्रतिबद्ध रहेको बताए।जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले राष्टिय खाेप कार्यक्रम अन्तर्गत खाेप उमेर समूह १६ महिनादेखि ५९ महिनाभित्रका सबै बाल बालिकालाई रोगविरुद्ध लड्ने सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले खोपआफैमा महत्वपूर्ण रहेको बताए । उनले यो कार्यक्रम सफल पार्नका लागि लाग्नु हुने सम्पुर्णलाई आभार ब्यक्त गरे । चालू आर्थिक वर्ष २०८१/०८२ मा जुम्लाका आठै स्थानीय तहका बालबालिका पूर्ण खाेपकाे पहुँचमा पुगेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा संस्थागत खोप केन्द्र र ४४ वटा बाहय खोप केन्द्रबाट मासिक १ सय ४ खोप केन्द्रबाट १ सय ७ खोप सेसन संचालन गरि खोप सेवा प्रदान गरिएकाे थियाे।जुम्लामा खोप सेवाको लागि आ.ब. २०८१/०८२ मा १ बर्ष मुनिका बालाबालिकाको लक्षित जनसंख्या २ हजार १७ जना छ। भने स्वास्थ्य संस्थाको प्रतिबेदन अनुसार खोप प्राप्त गर्ने करिब ९० प्रतिशत छन् ।

पुर्णखोप सुनिश्चितताको लागि पुर्णखोप निर्देशिका २०७१ (संसोधन २०७८) अनुसार जन्मेदेखि १५ महिना सम्म तालिका अनुसारको खोप पुरा भएको हुनु पर्ने १६-५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएकाे थियाे ।सर्वेक्षण अनुसार ४ हजार २ सय ६१ बालबालिकाहरु मध्य खाेप पाउनबाट छुट भएका १२ जना बालबालिकालाई छुट खोप प्रदान गरी खाेप उमेर समुहका ४ हजार २ सय ६१ जना बालबालिकाहरुले पुर्ण खोप पाएको सुनिश्चितता गरी प्रदेश खोप समन्वय समितिबाट प्रमाणिकरण गरिएकाे प्रमुख सापकाेटाले बताए।

०-१५ वर्ष उमेरका २ हजार ५ जना र १५-५९ वर्ष उमेरका ४ हजार दुई सय ६१ जना बालबालिकालाई खाेप लगाइएकाे छ।जसमध्ये चन्दननाथ नगरपालिकामा ०-१५ वर्ष उमेरका २ सय ९४ र १५-५९ वर्ष उमेरका ८ सय २७ जना, सिंजाका ०-१५ वर्ष उमेरका २ सय २२ र १५-५९ वर्ष उमेरका ५ सय ३९ जना, हिमामा० -१५ वर्ष उमेरका २ सय ७र १५-५९ वर्ष उमेरका ४ सय २६ जना, कनकासुन्दरीका ०-१५ वर्ष उमेरका २ सय ३ र १५-५९ वर्ष उमेरका ५ सय ८८जना, पातारासीका ० -१५ वर्ष उमेरका २सय ८१ र १५-५९ वर्ष उमेरका ५ सय २७ जना, तिला ० -१५ वर्ष उमेरका २ सय ९४ र १५-५९ वर्ष उमेरका ५ सय ६९ जना, गुठिचाैर ० -१५ वर्ष उमेरका १ सय ९३ र १५-५९ वर्ष उमेरका ३ सय ३८जना र तातोपानी गाउँपालिकाका ०-१५ वर्ष उमेरका २ सय ९३ र १५-५९ वर्ष उमेरका ४ सय ४७ जना बालबालिकाले खाेप पाएका छन्।जिल्लास्थिति सरोकारवालाहरूले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाँकेको बैजनाथ ३२ बर्षिय छोराले गरे ६०

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

एसईईमा सुर्खेतका १० सामुदायिक विद्यालयको नतिजा शून्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds