बाँकेको बैजनाथ ३२ बर्षिय छोराले गरे ६० बर्षिय बुवाको हत्या

बाँके ,२२ असार।

बैजनाथ गाउँपालिका–२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको हत्या भएको छ। पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर)ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन्।

घटनाको समयमा घरमा परिवारका अन्य सदस्यहरु नभएको र सोही अवसर छोपी भविलालले बुवाको हत्या गरेको प्रारम्भिक जानकारी आएको छ। हत्या किन र कसरी भयो भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

उक्त घटनाबारे नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटना गम्भीर रहेकाले स्थानीयबासी र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन्।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले फरार भबिलालको खोजी गरिरहेको छ।
प्रहरीले भविलाल रोकालाई नियन्त्रणमा लिएको छैन हाल उनि फरार रहेका छन् ।अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

बाँकेको बैजनाथ ३२ बर्षिय छोराले गरे ६० बर्षिय बुवाको हत्या

टाेपी बुन्ने सीपले बनायाे आत्मनिर्भर

बाँकेको बैजनाथ ३२ बर्षिय छोराले गरे ६० बर्षिय बुवाको हत्या

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *