मानवताको पक्षमा : बाँकेमा नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो

२०, भदौ २०८२
बाँके ।नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस बाँकेमा “मानवताको पक्षमा (#On The Side of Humanity)” भन्ने मुल नाराका साथ मनाइएको छ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गतका १७ वटा उपशाखाले जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रमहरूको आयोजना गरे। रक्तदान, रक्त समूह परीक्षण, विद्यालयमा रेडक्रस अभियान प्रचार-प्रसार, प्राथमिक उपचार सामग्री वितरण, कुर्सीदौड प्रतियोगिता, वृक्षारोपण तथा विचार गोष्ठी जस्ता कार्यक्रममार्फत दिवस मनाइएको उपशाखाहरूले जानकारी दिएका छन्

सो अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संकटापन्न अवस्थामा रेडक्रसले निरन्तर राहत, प्रतिकार्य तथा रक्तसञ्चार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै हाल संगठनभित्र देखिएका जटिलतालाई समाधान गर्न नेपाल सरकारले गठन गरेको तदर्थ समितिलाई बाधा अवरोध नगर्न सबैलाई आग्रह गर्नुभयो।

दिवसका कार्यक्रमहरूमा जिल्ला र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी, स्वयंसेवी रक्तदाता, रेडक्रस सदस्य, जनप्रतिनिधि र आम समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

 

 

मानवताको पक्षमा : बाँकेमा नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय :

मानवताको पक्षमा : बाँकेमा नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो

कर्णालीका अधिकांश नागरिक  स्वास्थ्य बीमाको पहुँच बाहिरै

Leave a comment

Your email address will not be published. Required fields are marked *