कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रारमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त

गाेल्डेन बुढा 

जुम्ला,२०भदौ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिक्त रजिष्ट्रार पदमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्। महत जुम्लाको चन्दननाथ नगरपालिका -१० बाेहाेरा गाउँका बासिन्दा हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्त गरेका हुन्।

प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो । उनी विद्यावारिधि शोधार्थी हुन् ।नवनियुक्त रजिस्ट्रार महत कर्णालीकै वौद्धिक, शालीन र अनुभवी व्यक्तिका रुपमा प्रख्यात मानिन्छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रारमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त

बाँकेमा एकजना बालकको इन्सेफलाइटिसबाट मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रारमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त

बाँकेमा ३७ करोड सहकारी ठगी प्रकरणः तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *