रनिङ शिल्डमा फर्जी विद्यार्थी भेटिए कारवाहि गर्नाेस नगर प्रमुख वुढाथोकी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज तेस्रो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ । विद्यालय स्तरका १८ वर्ष उमेर ननाघेका विद्यार्थी खेलमा सहभागि हुने जनाएको छ ।विभिन्न इभेन्टहरु विद्यालयले विद्यार्थी सहभागी वनाएका छन् ।

विगतमा उक्त कार्यक्रम धेरै सञ्चालन नभए पनि दोस्रो कार्यकालका नगरपालिकाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा पारेको छ ।गत वर्ष फागुनमा सञ्चालन गरेको उक्त विद्यालय स्तरीय खेलकुद प्रतियोगिता यसपटक भने एक महिना अगावै माघमा सञ्चालन गरिएको छ ।

गत वर्ष जस्तै नियम विपरीत,फर्जी खेलाडी खेलाए अन्द स्पट कारवाहि हुने उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख कर्ण वहादुर वुढाथोकिको भनाइ रहेको छ ।खेल अवधिभर अत्यन्तै नियम र अनुशाशनको परिपालन गर्न सहभागी खेलाडी विद्यार्थी र विद्यालयलाइ निर्देशन समेत जारि गरिएको छ ।

उद्घाटन सत्रमा उप प्रमुख पुरुषोत्तम आचार्य,प्रशासकिय अधिकृत जगत वहादुर घर्ती,कृषि मन्त्रीका स्वकिय किर्तिवहादुर राना,शिक्षा शाखा प्रमुख चक्र रावत,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,कार्यापालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि,नगरका विभिन्न शाखाका प्रतिनिधिहरु,सहभागी १० विद्यालयका प्रअ तथा प्रतिनिधिहरु,केही विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,शिक्षा समिति पदाधिकारी लगाएतको उपस्थिति रहेको थियोे ।

खेलकुद विकास समितिका अध्यक्ष रिम वहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षा शाखा देवस्थलकि प्रास धुर्वा थापाले सञ्चालन गरेको जनाएको छ ।प्रभाकर मावि जारि तेस्रो राष्ट्रपति रनिङ शिल्डको खेल ३ दिनसम्म चल्ने जनाएको छ ।

रनिङ शिल्डमा फर्जी विद्यार्थी भेटिए कारवाहि गर्नाेस नगर प्रमुख वुढाथोकी

शहिद रेग्मीको सपना, संघर्ष र बलिदानी

रनिङ शिल्डमा फर्जी विद्यार्थी भेटिए कारवाहि गर्नाेस नगर प्रमुख वुढाथोकी

सल्यानको छत्रेश्वरीमा एकै दिन ६ वटा बालमैत्री