कुपिण्डे तालको फेदीमा क्रसर उद्योग, ताल फुट्ने जोखिम वढ्यो


सल्यान बनगाड कुपिन्डे नगरपालिका वड़ा नं ८ मा सन्चालित क्रसर उधोगका कारण कुपिण्डे ताल फुट्ने जोखिम वढेको छ । साथै कुपिण्डे तालको फेदिबाट नै एउटा् सडक समेत खनिएको छ ।जुन सडकको कुनै गन्तव्य छैन,वस्ति पनि छैन उक्त सडक कुन प्रयोजनका निम्ति खनिएको समेत धेरैलाई थाहै छैन । बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधि यतिखेर उक्त क्रसर उद्योगलाई अबैध भनिरहेका छन्न ।

क्रसर उद्योगकै कारण जमिन थर्केर यतिखेर ताल फुट्ने जोखिम वढेको देखिन्छ । क्रसर उद्योग र कुपिण्डे तालकै फेदिबाट खनिएको सडकले यतिखेर उक्त तालको जोखिम वढेको सरोकारवाला निकायको भनाइ रहेको छ ।वालुवासँग्रही सल्यान खलंगा सडक पिचको काम गरिरहेको विशाल निर्माण सेवाले उक्त क्रसर सडककै स्तरवृद्दिको लागि भनेर सोेहि प्रयोजनका निम्ति सो उद्योग सञ्चालन गरेको जनाएको छ ।

सडक निर्माणकार्यको निम्ति छोटो समयका लागि मात्रै हो भनेर कम्पनीले भन्दै आएको छ ।तर उक्त क्रसर उद्योग कुपिण्डे तालको फेदिमा नराखेर अन्यत्र राखेको भए राम्रो हुने कुरा स्थानीयले पटक पटक भन्दा समेत अटेरी गरेर सोहि स्थानमा राखेको स्थानीयको भनाइ रहेको छ ।क्रसर उद्योग सञ्चालन भएको करिव दुई वर्ष पुग्दै छ ।नगरकै प्रसिद्ध ताल कुपिण्डेको फेदिमा क्रसर उद्योग सञ्चालन हुदाहुदै पनि स्थानीय सरकारले मौन समर्थन जनाउनु अहिले आएर उक्त कार्य गल्त भएको भन्नुको कुनै अर्थ नरहेको सरोकारवाला निकायको भनाइ रहेको छ ।

अझै नगरपालिकाकाका जिम्मेवार प्रतिनिधिले क्रसर उद्योग अबैध भनी सके पछि कारवाहि प्रक्रिया अघि वढाउनुपर्ने होइनर ? निर्माण कम्पनीले सडक निर्माणकार्यका लागि छोटो समय वा लामो समय जेसुकै भनिएता पनि तालको फेदिमा उद्योग राख्नु नै ठुलो भुल हो ।

तालको फेदमा उद्योग राखेर धमाधम क्रसर सञ्चालन गर्दा समेत हालसम्म मौन वस्नुले संका पैदा गरेको छ । वालुवासँग्रहि कुपिण्डे सडक खण्डको निर्माणकार्य जति ढिलाइ भयो उति क्रसर उद्योगबाट मुनाफा समेत हुने गरेको देखिन्छ । सडक प्रयोजनका निम्ति मात्रै उक्त उद्योग भने पनि अन्यत्र वाहिर समेत सामग्री पठाउने काम गरिएको देखिन्छ ।

कुपिण्डे तालको फेदीमा क्रसर उद्योग, ताल फुट्ने जोखिम वढ्यो

सम्पादकीय :महावीरको महाअभियानलाई सलाम !

कुपिण्डे तालको फेदीमा क्रसर उद्योग, ताल फुट्ने जोखिम वढ्यो

YUGAAWHAN NATIONAL DAILY (2080-10-14)