राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएका छौंः मुख्यमन्त्री आचार्य


कोहलपुर । मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन् ।

गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहिवार आयोजना गरेको चाडपर्व बिशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आफु नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएको बताएका हुन ।

‘राम्रो गर्न कोशिस गरिरहेको छु । किन कि यो विचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु विग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सहि मार्गमा ल्याउनको निम्ति धेरै मेहन गर्नुपर्ने अवस्था छ’उनले भने,‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’

यस्तै मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताए ।

प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यस अनुसार सुधारका काम गर्दै आएको उनको भनाई थियो ।

‘कमजोरी हुन दिने छैन् । तर, जानेर या नजानेर मेरा कहि कतै कमिकमजोरी देख्नु भयो भने पर्खिएर होइन, तत्काल सच्याउनको निम्ति यहाँहरुको अवस्य पनि साथ सहयोग पाउने छु भन्ने विश्वास लिएको छु’उनले भने, ‘समयमै सचेत बनाउने, टिकाटिप्पणीको बारेमा सुसुचित गराउने गराउने जिम्मेवारी तपाईहरुको हुन जान्छ ।’

 

राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएका छौंः मुख्यमन्त्री आचार्य

YUGAAWHAN NATIONAL DAILY (2081-07-09)

राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएका छौंः मुख्यमन्त्री आचार्य

लुम्विनिका तीन मन्त्रीले खाए शपथ