कर्णालीका युवाहरूलाई प्रदेश सभा सदस्यसँग काम गर्ने अवसर

ऋति फाउण्डेसनले ‘नीति तथा शासनमा युवा’ फेलोसिपको लागि आवेदन खुला गरेको छ । कर्णालीका युवाहरूको नेतृत्व विकासका लागि फाउण्डेसनले कर्णाली प्रदेश सभासँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

एक वर्ष अवधिको फेलोसिप कार्यक्रमले कर्णाली प्रदेशका २० देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरेको छ ।

उक्त फेलोशिप अन्तर्गत सहभागीहरूले कर्णाली प्रदेश सभाका सदस्यहरूसँग सहकार्य गरी प्रादेशिक विधायकी प्रक्रिया, सार्वजनिक नीति, र शासन प्रणालीका बारेमा व्यवहारिक ज्ञान आर्जन गर्ने अवसर पाउनेछन् ।

यसका साथै फेलोसिपको अवधिमा सहभागीहरूले विधायकी मस्यौदा लेखन, सार्वजनिक नीति निर्माण, नीतिगत अनुसन्धान, र शासन सम्बन्धी अन्य महत्वपूर्ण सीप सम्बन्धी तालिम प्राप्त गर्नेछन् ।

फेलोसिपका लागि पहिलो चरणमा ५० जना युवाहरूलाई छनौट गरी तीन दिनको तालिम सञ्चालन गरिने ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । गौतमका अनुसार दोस्रो चरणको तालिमका लागि २५ जना छनौट हुनेछन् भने तेस्रो चरणका लागि १२ जना छनौट गरिनेछ ।

विभिन्न प्रतिष्पर्धी अभ्यासबाट अन्तिम चरणमा पुगेका उनीहरूले कर्णाली प्रदेश सभा सदस्यहरूसँग ६ महिनासम्म ज्ञान सहायकको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

अमेरिकी राजदूतावास नेपालको सहयोग र कर्णाली प्रदेश सभा सचिवालय तथा पुरक एशियासँगको सहकार्यमा ऋति फाउण्डेसनले उक्त फेलोसिप कार्यक्रम सञ्चालन गर्नेछ ।

फाउण्डेसनले यसअघि सञ्चालन गरेको पूर्व व्यवसायिक संसदीय सहयोग कार्यक्रममार्फत कर्णाली प्रदेशका १२ जना युवाले प्रदेश सभा सदस्यहरूसँग ज्ञान सहायकको रुपमा काम गरिसकेका छन् ।

उक्त फेलोसिपमा आवेदन दिनका लागि, इच्छुक युवा कम्तीमा स्नातक तह अध्ययनरत, कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्छ । फेलोसिपका लागि आवेदन दिन चाहनेले २०८१ कार्तिक १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

फेलोसिपले कर्णाली प्रदेशका युवाहरूलाई सार्वजनिक नीति र शासनमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने उद्देश्य राखेको छ ।

कर्णालीका युवाहरूलाई प्रदेश सभा सदस्यसँग काम गर्ने अवसर

कृषकलाई गाउँमै पुगेर सचेतना

कर्णालीका युवाहरूलाई प्रदेश सभा सदस्यसँग काम गर्ने अवसर

YUGAAWHAN NATIONAL DAILY (2081-07-06)