सुर्खेत विमानस्थलको विस्तार गर्ने निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र

सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् ।
बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थल विस्तारको विषयमा वीरेन्द्रनगर नगरपालिकाले गरेको निर्णय बुझ्दै शर्माले विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।

उनले सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयको चर्चा हुँदै गर्दा पुरानो भइरहेको विमानस्थलको विस्तार र स्तोरन्नती गरिदिनुपर्ने र सबै पक्षबाट आवश्यक सहयोग लिएर काम अगाडि बढाउने बताए । मुख्यमन्त्री शर्माले विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा बजेट भने नरहेको प्रष्ट पारे ।

उनले भने, ‘प्रदेश सरकारले २०७६ सालदेखिनै विस्तार कार्यका लागि पहल गरिरहेको थियो । तर, स्थानीय जनता र सुर्खेतका नेताहरुको साथ नपाउँदा पछि हट्नुप¥यो ।’

सुर्खेतको रामघाटमा विमानस्थल बनाउने र अहिलेको विमानस्थललाई कमजोर पार्ने गरी डकुमेन्टहरु बाहिर आएपनि नेताहरु वर्तमान विमानस्थल विस्तार गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

नगरपालिकाले केही दिनअघि विस्तारका विषयमा कार्यपालिकामार्फत गरेका निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

सुर्खेत विमानस्थलको विस्तार गर्ने निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र

चार करोडभन्दा बढीको सुन्तला बिक्री