निर्धन उत्थान लघुवित्तद्धारा बिमा क्षतिपूर्ती रकम हस्तान्तरण


निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जहरेले एक कार्यक्रम मार्फत आफनो संस्थामा आबद्ध सदस्यलाई सामाजिक उत्तरदायित्व अन्तरगत स्वर्गिय सदस्य प्रति शोक प्रकट गर्दै मृतकको श्रीमानलाई बिमा क्षतिपुर्ती वापतको रकम हस्तान्तरण गरेको छ ।

भेरीगंगा नगरपालिका वडा नम्बर ११ स्थित काशीपूर महिला समुहकी सदस्य स्व.तिलसरा वलीको मंसीर १६ गतेका दिन घास काटने क्रममा रुखबाट लडेर उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको थियो ।

एक कार्यक्रमका बिच भेरीगंगा नगरपालिका वार्ड नम्बर ११ की वडा सदस्य बलीसरा खत्री, शाखाका लेखापाल दुखीराम बुढाथोकी र केन्द्र प्रमूख श्री कमला खत्रीले सयुक्त रुपमा संस्थाको नियमानुसार बिमा क्षतिपुर्ती बापतको रकम निजको श्रीमान लालबहादुर वलीलाई आठ लाख १६ हजार ६० रुपैयाँको चेक मार्फत हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै वडा सदस्य खत्रीले संस्थाको यो पवित्र कार्यको खुलेर प्रशंसा गर्दै यस क्षेत्रमा नेपालकै पहिलो तथा ठुलो लघुवित्त संस्थाले बिगत तेह्र वर्ष देखि निरन्तर रुपमा यस क्षेत्रका बिपन्न वर्ग अन्तरगतका महिला दिदि बहिनीहरुलाई समुहमा आबद्ध गराई वित्तिय तथा गैर वित्तिय सेवा दिदै बिपन्न परिवारका सदस्यहरुले बिनाधितो सामुहिक जमानीमा कर्जा लिइ सिपमुलक तथा ब्यवसायिकमुलक कार्यगरि यस क्षेत्रका स्थानियले आफनो जीवन स्तरमा सुधार गरेको देख्दा खुसी ब्यक्त गरे े।

साथै उहाँले संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्ने कुरामा जोड दिँदै संस्था प्रति धन्यवाद ब्यक्त गरे । आगामी दिनहरुमा समेत यस क्षेत्रका सबै विपन्न वर्गहरु लाई पनि समेटेर वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै शाखाका लेखापाल दुखीराम बुढाथोकीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले बिगत तीन दशक देखि बिपन्न परिवारलाई आफ्नै घरको सदस्यझै भएर निर्धन उत्थानले साथ सहयोग दिएको र हाल ऋणलिइ नतिर्न उक्साहट गर्ने समुहको भ्रममा नपर्न समेत आग्रह गरे ।

उनले आगामी दिनहरुमा समेत समुह सदस्यहरुको सुख दुखको साथी भएर अगाडी बढने बताउनुभएको थियो । कार्यक्रममा शाखाका सहायक प्रमुख लक्ष्मी प्रसाद रेग्मीले यस शाखाले निरन्तर रुपमा प्राकृतिक प्रकोप,दिर्घ रोगले ग्रसित बिरामी सदस्यलाइ आर्थिक राहात सहयोग गर्दै आइरहेको बताए । उक्त कार्यक्रममा समुह सदस्य,स्थानियहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकर सयुंक्त रुपमा कर्मचारी मन्जु शर्मा र प्रतिभा गुरुङ रानाले गरेका थिए ।

निर्धन उत्थान लघुवित्तद्धारा बिमा क्षतिपूर्ती रकम हस्तान्तरण

ओझेलमा परेको सुर्खेत विमानस्थलमा चहलपहल बढ्यो

निर्धन उत्थान लघुवित्तद्धारा बिमा क्षतिपूर्ती रकम हस्तान्तरण

कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार