गेडाचाउचाउ बेचेर घर–घडेरी
तिस वर्षकी एक महिलाले सधैंभरि गेडाचाउचाउ उमाल्दै गरेकी हुन्छिन् । उनका श्रीमानले सघाउँदै गरेको देखिन्छन् । त्यसपछि ती महिलाले होटलमा छिरेका ग्राहकलाई बस्नु,बस्नु भनेर सम्मान सत्कार गर्छिन् ।
‘एघार वर्ष अगाडिकोअगाडि देखि जुम्लाको सदरमुकाम खलंगामा सानो अर्गानिक गेडाचाउचाउ होटल सुरुवात गरेकी हुँ, अहिलेसम्म राम्रोसँग व्यापार भइरहेको छ,’ उनले भनिन्, ‘एक दिनमा ६ हजार आम्दानी हुन्छ ।’ प्रतिदिन चार पेटी चाउचाउ र पाँच ,छ केजी सिमी बिक्री हुने गरेको बताइन् ।
प्रति पिलेटको ८० रुपैयाँ गर्ने गरेको उनले थप जानकारी दिइन् । निकै मेहनत र परिश्रम गर्ने यिनी हुन्, मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँकी ३० वर्षीया मिना मल्ल ।
घरको आर्थिक अवस्था खराब भएपछि उनी व्यावसाय गर्न छिमेकी जिल्ला मुगु देखि जुम्ला पुगिन् । उनी टुडिखेलको माथिल्लो गेटमा गेडाचाउचाउ बेच्छन् । मल्ल परिवारसँग घर–घडेरी थिएन । श्रीमान दुईवटा छोरासहित चार सदस्यीय परिवारकी उनले परिवारको नेतृत्व लिंदै ऋण काढेर गेडाचाउचाउ बेच्न थालिन् ।
गर्न सकिदैन कि लाग्ने यो पेसामा प्रवेश गरेको ११ वर्षमै सफल होटल व्यावसायिक बनिन् । ‘उनको होटलमा सबैले पसेर गेडाचाउचाउ खान्छन्,’ मिनाले भनिन्, ‘ यो लाइनमै यो पेसा गर्ने एक्लो महिला म हुँ ।’ उनले होटल भाडा मासिक ४ हजार रुपैयाँ तिर्छन्।‘खर्च र आम्दानीको हिसाबकिताब राखेको छैनँ तर सहज ढंगले परिवार चलिरहेको छ,’ मल्लले भनिन् ।
उनको अनुसार मोटामोटी मासिक १ लाख ८० हजार रुपैयाँ उठ्छ । साग,धनिया,प्याज,टमाटर,खुर्सानी,आलु सिमी,तेल वेसार,ग्यास र दाउरा किन्दा घर खर्च गर्दा मुनाफा १ लाख चोको मुनाफा हुन्छ । बार्षिक १२ नागद मौज्दात हुने गरेको मल्लले बताइन् । ‘सानो पाँच हजारको पुँजीले सुरुवात गरिरहेकी हुँ,’ उनले भनिन् । गेडाचाउचाउ बेचेको आम्दानीले कोहोलपुर १५ लाख र सुर्खेतमा १८ लाखको घडेरी किनेकी छन् । उनको उपलब्धि देखेर परिवारजन पनि मख्ख छन् । ‘हाम्रो परिवारको मुखिया (मूली) मिना हुन्,’ श्रीमान ३५ वर्षीय मुनबहादुर मल्लले भने, ‘परिवारको सम्पूर्ण आर्थिक व्यवस्थापन मिनाले नै गर्छिन्, छोरा र म पनि कमाएर उनलाई नै दिन्छौं ।’
दुईवटा छोरा खलंगामा निजी स्कुलमा अध्ययन गर्छन् । जेठो ८ र कान्छो छोरा ५ कक्षामा पढ्छन् । यस्तै अर्की ३४ वर्षिया लक्ष्मी भण्डारीले जुम्ला बजारमा गेडाचाउचाउ बेच्दै आएकी छन् । टुडिखेलको तल्लो गेटमा ६ वर्ष देखि उनले यो व्यावसाय सुरु गरेको बताउँछिन् । उनको स्थायी घर जुम्लाको कनकासुन्दरी गाउँपालिका –१ बुम्रमाडिचौर( भुलभुले) मा हो ।
४ जनाको परिवारको लुगाफाटो,खानपिन,दुईवटा छोराको पढाइ खर्च घर खर्च सबै कटाएर उनले मासिक ७० हजार रुपैयाँ मुनाफा हुने गरेको बताइन् । बार्षिक ८ लाख ४० हजार आम्दानी हुने गरेको श्रीमान रत्न भण्डारीले बताए । उक्त लाइनमा दर्जनौं महिलाले यहीँ व्यावसाय गर्दै आइरकी छन् ।