उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्धारा ९० प्रतिशत मुद्दा चालु आवमा फछर्याैट


उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले ९० प्रतिशत मुद्दा चालु आर्थिक वर्षमा फछर्याैट गरेको छ । चालु आर्थिक वर्षको असार २७ गतेसम्म ९०.६८ प्रतिशत मुद्दा फछर्याैट भएको उच्च अदालत सुर्खेत, जुम्ला इजलासका मुख्य न्यायधिस गोकर्ण डाँगीले बताए ।

चालु आर्थिक वर्षका २ सय २९ सहित जम्मा २ सय ७९ वटा मुद्दा दर्ता छन् । २ सय ७९ वटा मुद्दा मध्ये २ सय ५३ वटा मुद्दा फछर्याैट भएको र २६ वटा मुद्दा फछर्याैट हुन बाँकि रहेको मुख्य न्यायधिस डाँगी बताउँछन् । अदालतले सार्वजानिक गरेको तथ्याङ्क अनुसार २ सय ७९ मुद्दामध्ये २ सय ५३ मुद्दा फछ्र्यौट भएको र अझै २६ वटा मुद्दा फछर्याैट हुन बाँकी छन् ।
५० वटा मुद्दा गत वर्षको सरी आएको न्यायधिस डाँगीको भनाइ छ । दुनियाँवादी फौजदारी मुद्दा १ वटा दर्ता भएकोमा उक्त मुद्दा फछर्याैट भईसकेको छ । त्यस्तै दुनियाँवादी देवानीतर्फ २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फछर्यौट भएको र २ वटा मुद्दा फछर्यौट हुन बाँकी छन् । साथै सरकारवादी फौजदारी मुद्दा तर्फ जम्मा २ सय २५ वटा मुद्दा दर्ता भएकोमा हालसम्म २ सय ८ वटा मुद्दा फछर्याैट भएका छन् ।भने १७ वटा मुद्दा फैसला हुन बाँकी छन् ।

२८ वटा रिट परेकोमा २१ वटा मात्रै फछर्याैट हुँदा अझै ७ वटा रिट निवेदनको सुनुवाई हुन बाँकी रहेको रजिष्ट्रार यामप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार, कर्तव्य ज्यानका २४ मध्य २२ वटा, जबरजस्ती करणीका ७१ का मध्य ६९ वटा, जातिय विभेद तथा छुवाछूतका २ मध्य २ वटा, लागु औषधका २२ मध्य १९ वटा, चोरीका २२ मध्य १५ वटा बहुविवाह र बाल विवाहका १२ मध्य ११ वटा मुद्दा फछर्याैट भइसकेका छन् ।

यस्तै सम्बन्ध विच्छेदका ६ मध्य ५ वटा, अंश÷जग्गाका १० मध्य १० वटा, सवारी ज्यान १३ मध्य १२ वटा, उत्प्रेषण, परमादेश २५ मध्य १९ वटा, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकोका २५ वटै मुद्दा फछर्याैट भएको उनको भनाइ छ । निषेधाज्ञाका ३ मध्य २ वटा र अन्य ४४ मध्य ४२ मुद्दा गरि जम्मा २ सय ७९ मध्ये २ सय ५३ मुद्दाको फछर्याैट भएको बाँस्कोटाले जनाए ।

मुख्य न्यायधिष गोर्कण डाँगीले सर्वसाधारण नागरिकको पहुँचमा न्याय पुगेको दावी गरे।न्याय प्रणालीलाई छिटो छरितो बनाउन सर्वेच्च अदालत लागि परेको छ । प्रविधिको उच्चतम प्रयोग गरि प्रथामिकताका आधारमा न्याय सम्पादन गर्दे आएको छ ।

मुख्य न्यायधिस डाँगीले न्यायमा आम नागरिकको पहुँच बढाउन सबै निकायबाट सहयोग हुनु पर्ने बताए।पिडकले भनेका आधारमा न्याय सम्पादन हुने भएकाले करणीका अधिकांस मुद्दामा होस्टाईल गराउने चलन अन्य जिल्लाको तुलनामा जुम्लामा बढी देखिएको उनी बताउँछन् ।

यसैबीच चालू आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत ईजलास शाखामा कार्यरत टंक प्रसाद खत्री र तामेलदार कमल धमलालाई नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्धारा ९० प्रतिशत मुद्दा चालु आवमा फछर्याैट

नेपालगन्जमा धारिलो हतियार प्रहार गरी हत्या

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्धारा ९० प्रतिशत मुद्दा चालु आवमा फछर्याैट

हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास