यूएनडीपीका कार्यक्रमलाई नतिजामुखी बनाउन मन्त्री शाहको आग्रह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विकासका कार्यक्रमहरूमा ठूला रकम खर्च भए पनि जनताले प्रत्यक्ष रुपमा अनुभव गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन।
यूएनडीपी नेपालका फिल्ड अफिस प्रमुख रफिक सिद्धिकी र अन्य परियोजना प्रमुखहरूसँग भएको भेटमा मन्त्री शाहले विकास साझेदारहरूसँग को सहकार्यलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

उनले विकासका नाममा भएको खर्चलाई जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने गरी परिणाम देखिने काम गर्न आवश्यक भएको बताए । शाहले अबको विकास परियोजनाहरूलाई नतिजामुखी बनाउनुपर्ने भन्दै, सरकार र गैरसरकारी संस्थाहरूले जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
यूएनडीपी नेपालका प्रतिनिधिहरूले कर्णाली प्रदेशमा सञ्चालित विभिन्न परियोजनाहरूको प्रगति र प्रभावको बारेमा जानकारी गराउँदै, आगामी दिनहरूमा पनि कर्णालीको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।







