अर्धवार्षिक समिक्षा तथा कार्यक्रमको सयुक्त अनुगमन सम्पन्न


सेभ द चिल्डे«नको साझेदारीमा समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालन गरिएको परियोजनाको अर्धवार्षिक समिक्षा तथा स्थानिय सरकार बाट परियोजनाको संयुक्त अनुगमन वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

वीरेन्द्रनगर नगर उपप्रमुख नीलकण्ठ खनालको नेतृत्व तथा नगरपालिकाको कार्यपालिका सदस्य सहित स्वास्थ्य शाखा, महिला वालवालिका शाखा, विपद् जोखिम तथा सामाजिक विकास शाखाको प्रतिनीधित्वमा कार्यक्रम मार्फत सन् २०२४ को जनवरी देखि हाल सम्म सम्पन्न गरिएको क्रियाकलापको स्थलगत अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा परियोजना र नगरपालिकाको संयुक्त बजेट साझेदारीमा नगरपालिका भित्र शौचालय निर्माणमा सहयोग गरिएका १९ घरधुरीको शौचालय, परियोजना मार्फत संचालन भैरहेको सिप विकास तालिम साथै परियोजना मार्फत विभिन्न तालिम र व्यवसाय स्थापना सहयोग मार्फत विभिन्न व्यवसाय गरिरहेका युवा उद्यमीहरुको व्यवसाय पनि अनुगमन गरिएको थियो ।

सयुक्त अनुगमन पश्चात आयोजित अर्धवार्षिक वैठकमा परियोजनाले ६ महिनाको अवधिमा वीरेन्द्रनगर नगरपालिका भित्रका २७ जना युवाहरुलाई जिवन उपयोगी सिप विकास तालिम, आफ्नो व्यवसाय शुरु र सुधार तालिम प्रदान गरिएको हो ।

१३ जना युवाहरुलाई उनीहरुको व्यावसायीक योजनाको आधारमा व्यवसाय स्थापनार्थ जनही २८ हजार सहयोग प्रदान गरिएको, कुखुरा,वाख्रा र वंगुर पालन व्यवसाय संचालन गरिरहेका युवा उद्यमीलाई प्राविधिक सिप विकास तालिम, हरित रोजगार स्थापनार्थ ४ जना युवा उद्यमीलाई क्षमता विकास तालिम सहित नगद सहयोग गरिएको थियो ।

यसैगरी वीरेन्द्रनगर नगरपालिकाको अपांगता भएको व्यक्तिहरुको वस्तुस्थिति निर्माणमा सहयोग लगायत कार्यक्रमको कार्यक्षेत्र भित्र रहेका ४ वटा विद्यालयहरुमा तालिम प्राप्त शिक्षक मार्फत कक्षा ९ मा अध्यनरत वालवालिकाहरुको लागि जिवनउपयोगी सिप विकास शत्र र अंग्रजी र गणित विषयको सिकाई उपलव्धि बढाउनको लागि ७५ दिनको लागि उपचारात्मक कक्षा संचालन भैरहेको छ ।

साथै कक्षा ९ र १० मा अध्यनरत १६ जना वालवालिकालाई व्रसरी सहयोग प्रदान गरिएको परियोजना संयोजक तेज सोनामले जानकारी दिए ।

समिक्षा वैठकमा अनुमनमा मा सहभागी स्थानिय सरकारका प्रतिनीधिहरुले परियोजना मार्फत वास्तविक लक्षित समुदाय छनौट गरी कार्यक्रम भैरहेको छ । युवाहरुलाई स्वदेशमै सिप मा आधारित रोजगार तथा स्वरोजगार बन्नको लागि परियोजनाको गतिविधि उपलव्धिमुलक रहेको बताएका थिए ।

कार्यक्रमा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख नीलकण्ठ खनालले, समाज जागरण केन्द्र(स्याक) नेपाल कर्णाली प्रदेशको एक नुमना गैरसरकारी संस्था रहेको र संस्था मार्फत संचालित कार्यक्रमले लक्षित समुदायको जिवनस्तरमा सकरात्मक सुधारको लागि गरिएको कार्य आफैमा प्रभावकारी र अनुसरण योग्य भएको हुदा अन्य गैरसकारी संस्थाहरुको लागि पनि स्याक नेपालको कार्यपद्धती सिकाइको रुपमा लिन सकिन्छ ।

सेभ द चिल्डे«नको साझेदारीमा समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सहकार्यमा संचालन भैरहेको पावर परियोजनालाई यसको सुरुवाती चरण बाट आफुले प्रत्यक्ष अनुगमन तथा विभिन्न कार्यक्रममा सहभागीता जनाउने अवसर पाईरहेको हुदा वीरेन्द्रनगर नगरपालिका भित्र रहेका युवाहरुको आर्थिक शसक्तिकरण, जोखिममा रहेका वालवालिकाहरुलाई विद्यालयमा टिकाउन तथा किशोरकिशोरीहरुको यौन प्रजनन् स्वाथ्य अधिकारको लागि गरीए कार्यहरु एकदमै प्रभाकारी रुपमा संचालन भैरहेको छ ।

परियोजनाको उपलव्धिलाई सहजै मापन गर्न सकिने हुदा आ.व २०८१।२०८२ मा नगरपालिकाले परियोजना संग सहकार्य गरी थप युवाहरुलाई सिप विकास तालिम मार्फत स्वरोजगार बनाउने, वालविवाह न्युनिकरण तथा जोखिममा रहेका वालवालिकाहरुको गुणस्तरी शिक्षा सुनिश्चितताको लागी थप पहल गरिने बताएका थिए ।

कार्यक्रममा समाज जागरण केन्द्र(स्याक) नेपालका कार्य समिति सदस्य नवराज खड्का र सेभ द चिल्डे«नका परियोजना संयोजक मतिलाल ढकालको समेत सहभागिता रहेको थियो ।

अर्धवार्षिक समिक्षा तथा कार्यक्रमको सयुक्त अनुगमन सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2081-02-31)