अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक


नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘गुणस्तिरीय र जीवन उपयोगी शिक्षाको सुनिश्चितता, तालारहित विश्वविद्यालय अनेरास्ववियुको प्रतिबद्धता’ भन्दै स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले यही भदौ २८ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, महसचिव नरेश रोकायलगायतका नेताहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालय अनेरास्ववियुका तर्फबाट स्ववियुको अध्यक्षमा जगत जंग शाही, सचिव विजय कार्की, कोषाध्यक्ष सीता रोकाय तथा सदस्यहरुमा हिमानी थापा, जनक जोशी, महेन्द्र सहकारी, रमेश खत्री, टेकबहादुर मल्ल, ढाकाराम लामिछाने र लक्ष्मीप्रसाद आचार्य उम्मेदवार रहेका छन् ।

घोषणापत्रमा स्ववियु संस्थालाई विद्यार्थीका समस्या समाधान गर्ने र विश्वविद्यालय सुधार बहस गर्ने तथा छलफल गर्ने थलोका रुपमा विकास गरिने, तालाबन्दीको संस्कारको अन्त्य गर्दै, नियमित कक्षा संचालन, परीक्षा र नतिजा समयमै आउने वातावरण निर्माण गर्न प्रभावकारी शैक्षिक क्यालेण्डर प्रयोगमा प्रभावकारी भूमिका निर्वाह गरिने, विश्वविद्यालयको अध्ययन पश्चात् बजारमा बिक्ने जनशक्ति उत्पादनको लागि परिवेश सुहाउँदो पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न पहल गरिने उल्लेख गरिएको छ ।

यस्तै विश्वविद्यालयको सेवा प्रवाहलाई डिजिटल प्रविधिमार्फत सुचना तथा जानकारी लिन र नतिजा हेर्नको लागि अनलाइन आधारित हरेक विद्यार्थीहरुको विद्यार्थी आइडी तयार गरी सबै सुचना एकद्वार प्रणालीबाट लिन सकिने व्यवस्था मिलाइने घोषणापत्रमा समावेश गरिएको छ । यस्तै शैक्षिक गुणस्तर सुधारका लागि अतिथि शिक्षण सिकाई लगाएत डिजिटल शिक्षण सिकाइलाई प्रोत्साहन गरिने, शैक्षिक विकासका लागि अत्यावश्यक मानिने पुस्तकालय, इ–पुस्तकालय, ल्याब, स्वच्छ पिउने पानी र शौचालयलगायतको प्रबन्ध गरिने, विद्यार्थीको सर्वाङगिण विकासका लागि खेलकुद र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

हरेक स्कुल र सेमष्टरका विद्यार्थीहरुका लागि शैक्षिक भ्रमण, अध्ययन अवलोकन र खोज तथा अनुसन्धान गर्न देशभित्र र देश बाहिरका विश्वविद्यालयहरुसँग अन्तर विश्वविद्यालय शिक्षण सिकाई व्यवस्था गरिने, विश्वविद्यालयालाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने, व्यवहारिक उत्पादनमुखी प्राविधिक शिक्षालाई प्राथमिकता दिईन, विश्वविद्यालयमा वीरेन्द्रनगर बाहिरबाट अध्ययनको लागि आउने विद्यार्थीहरुको लागि छात्र÷छात्राबासको व्यवस्था गरिने, विश्वविद्यालयमा छात्रा स्वास्थ्यलाई मध्यनजर गर्दै भेन्डिङ मेसिनबाट सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाईने बताइएको छ ।

यस्तै विश्वविद्यालयमा विद्यार्थीको स्वास्थ्य समस्या न्यूनिकरणका लागि क्याम्पस परिसरमा स्वास्थ्य क्लिनिकको व्यवस्था, विश्वविद्यालयका संरचनालाई प्रविधिमैत्री र अपाङ्गमैत्री बनाइने, इन्जिनियरिङ क्याम्पसको यातायात सुविधालाई सहुलियत र सुविधासम्पन्न बनाइने, अध्ययनरत विद्यार्थीहरुका लागि कमाइ गरेर सिक्ने र इन्टर्नसिप कार्यक्रम, उत्तीर्ण विद्यार्थीहरुका लागि रोजगारी, स्वरोजगारी र उद्यमशिलताको लागि सरकारी, गैर सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरिने घोषणापत्रमा समावेश गरिएको छ ।

जेहेन्दार, गरिब, दलित, जनजाति र दुर्गम क्षेत्रका विद्यार्थीहरुको लागि छात्रवृति कोटा र सुविधमा वृद्धि गरिने, दक्ष जनशक्ति आपुर्तिका लागि सेवा आयोगमार्फत शिक्षक तथा कर्मचारी नियुक्ती प्रकिृयामा जोड दिइने, विश्वविद्यालयका शैक्षिक, नितिगत तथा प्रशासनिक कार्यहरुलाई कानूनी र व्यवहारिक तवरले पारदर्शी तथा जवाफदेही बनाउँदै संस्थागत सुशासन कायम गराइने, विश्वविद्यालयको अध्ययन पुरा गरि विभिन्न पेशा व्यवसायमा आवद्ध पूर्वविद्यार्थीहरुको पूर्व छात्र नेटवर्क स्थापना गरिने बताइएको छ ।

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक

दैलेखमा भेटिएला इन्धन ? ड्रिलिङ गर्न एक

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचन केन्द्रीत २० बुँदे घोषणापत्र सार्वजनिक

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै