हिउँमा फसेका ८ जनाको हेलिकोप्टरबाट सकुश उद्दार

जुम्ला, २३ फागुन ।
पाटनमा गएर हिउँमा फसी घर आउन नसकेका जुम्ला तातोपानी गाउँपालिका वडा नं. ७ र ८ का आठ जना व्यक्तिलाई हेलिकोप्टरबाट सकुशल उद्दार गरिएको छ । उनीहरु यही फागुन १८ गते खिरौंला नामक जडिबुटी कोर्न पाटन गएका थिए ।

तातोपानी गाउँपालिका–४ स्थित गिडिदहको सिरान बजेडी पाटनमा फसेका उनीहरुलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार उनीहरुलाई उक्त पाटनबाट तिन चरणमा जुम्ला सदरमुकाम पुरयाई उद्दार गरिएको हो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएर हिउँमा फसेको क्षेत्र बजेडिपाटनदेखी जुम्ला विमानस्थल तिन चरणमा हेलिकोप्टरबाट उद्दार गरेको छ ।

पहिलो चरणमा त्यस क्षेत्रबाट २ जना महिला र एक जना लोकेशन हेर्ने मानिस, दोस्रो चरणमा ३ जना महिला र तेस्रो चरणमा २ पुरुष र एक महिला गरी ८ जनाको उद्दार गरिएको छ । हिउमा फसेर उद्दार भएका व्यक्तिहरु तातोपानी गाउँपालिका वडा नं. ७ र ८ का रहेका छन् ।

उद्दार गरिएका मध्य तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर– ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए ।

उनका अनुसार सकुशल रुपमा उनीहरुलाई उद्दार गरेपछि स्वास्थ्य जाँचको लागि नेपाली सेनाको एम्बुलेन्समा स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाईएको छ । अवस्था सामान्य रहेको र एक दिन अस्पतालमा अवलोकनमा रहनेछन् ।

पाटनमा काम गर्न गएका उनीहरु हिउँमा फसेको खबर स्थानीय सरकार र स्थानीय प्रशासनले गरेपछि हेलिकप्टरबाट उद्दार गर्न सफल भएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले बताए ।

उक्त क्षेत्रमा गत बर्ष पनि हिउँमा फसेका व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरमा उद्धार गरेको थियो । यता अलपत्र परेका अत रावतले भने, ‘हामी सबै सकुशल बाचेर आयौँ,सबै स्थानीय सरकार,प्रशासन र पत्रकार सबैलाई धन्यवाद दिन्छु । हिउँ धेरै आएको थियो । हामी गत फागुन १८ गते घरबाट पाटन गएका थियौं ।’

‘बस्ने स्थान पनि राम्रो नभएकाले अहिले गिडिदहको सिरान बजेडी पाटनको माथी बसेका थियौँ, खाना सकिएकोले उद्धार राम्रोसँग भयो ।’ कठिन परिस्थितिमा साथसपोट भयो । फागुन १८ गतेदेखि बजेडी पाटनमा अलपत्र परेका थिए । यता तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तीन दिन अघि आफुहरु सकुशल रहेको खबर आएपनि बुधबार हिउँमा फसेर हिड्न नसकेको खबर प्राप्त भएपछि उद्धारका लागि पहल गरिएको बताए ।

हिउँमा फसेका ८ जनाको हेलिकोप्टरबाट सकुश उद्दार

साताव्यापी दोश्रो कर्णाली चलचित्र कार्यशाला

हिउँमा फसेका ८ जनाको हेलिकोप्टरबाट सकुश उद्दार

YUGAAWHAN NATIONAL DAILY (2080-11-24)