दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते


दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आईतवार बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।

यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

मंगलवार र बुधवार देशका धेरै ठाउँमा ठूलो

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

हुम्लाका युवायुवती काम गर्न ताक्लाकोटमा