जिन्दगीका संघर्ष र वडा अध्यक्षको अनुभव

जिन्दगीको तीतो स्वाद र मिठो सपना बोकेका मानिसहरू कमै पाइन्छ होलान त्यसमध्ये एउटा कठिन संघर्ष पार गर्दै आरोह अवरोह उतार चढाव व्यहोर्दै आएको म एउटा पात्र हो जस्तो लाग्छ बुबा बाल्यकालमा स्वर्ग बास हुँदा म १२ बर्ष, बहिनि ८ वर्षको र सानो भाई २ बर्षका थिए । दिदीको भर्खरै विवाह भएको थियो ।
दाजु १६ बर्षको हुनुहुन्थ्यो बुबा र हजुरआमा २१ दिनको फरकमा स्वर्गवास हुनुभयो । हाम्रो सुर्खेतको सुब्बाकुनामा झण्डै दुई बिगाह खेत थियो । बस्ने घर चाहि साविक जर्बुटा ढाब भन्ने ठाउँमा थियो रे यहाँका पुराना मानिसले बताउनुहुन्छ । बुबा र हजुरआमाको मृत्युसंगै सुर्खेत आवतजावत गर्ने माध्यम सकियो । समय बित्दै आफ्नै रफ्तारमा गयो । गर्पन प्रा.वि. स्तरको पढाई सकेर आदर्श माध्यमिक बिद्यालय मेहेली अध्यापन गर्न पुगियो कक्षा–८ सम्म अध्ययन गरियो । सोही समयपछि भागेर भारतको बम्बई शहरमा चौकिदार गर्न पुगियो ।
दुई÷तीन पटक आउने जाने क्रम भयो त्यस समयमा नेपालमा प्रजातन्त्र आएको र हाम्रो घरमा रेडियो समेत हुँदै थियो । पहिलो पटक रेडियो ल्याएर घरमा दिएँ जसबेला दाजु कम्यूनिष्ट भईसक्नु भएको थियो । दोस्रो पटक फेरी क्यामेरा बोकेर घर फर्किएँ र मैले गाउँ बस्तीमा फोटो खिचेर केही आम्दानी गर्न सुरुवात गरे केही समयपछि गाउँ वस्तीमा बोकेर जुत्ता, चप्पल, फेन्सी कपडा डुलाएर जिविकोपार्जन गर्न सुरु गरेँ । सोही काम करिब ८ बर्ष गरेँ । बिबाहसंगै यो यात्रा चलिरह्यो । ससुराली तराईको र म गाउँको हुँदा चुनौती र अपमान दुबै थपियो । मेरो गाउँमा मेरो दिन चरिया पछाडी कपडा बोक्ने अगाडि क्यामेरा झुन्ड्याएर गाउँ वस्तीमा व्यापार गर्ने चलिरह्यो । गाउँमा भएको अदुवा लगायतका वस्तु खरिद बिक्री गर्न थालेँ ।
उता नेकपा माओवादीको जनयुद्धले बिस्तारै चरम सीमा लिन थाल्यो । म त्यसबेला एमालेको पार्टी सदस्य भैसकेको थिए । एक दिन नेकपा माओवादीले मलाई हाम्रो अनुमति बेगर चन्दा बिना गाउँ वस्तीमा व्यापार गर्न नपाइने र एक लाख चन्दा नदिए नछाड्ने धम्की दिएपछि बाग्रेरिङ गर्दा गर्दै मेरो साथमा नगद रुपैँया नभएपछि मेहेली जगत ढकाल मेरो मामा पर्नेसंग रु.३७०० मुल्यको खसी हातमा थम्याएर हाल जगत प्रसाद ढकालको छोरी मेरो बहिनि मेरै वडामा वडा सचिवको सरुवा कार्यरत छिन् ।
उता खसी लिने समूहका एक सदस्य तत्कालिन माओवादी हालका एमाले चिगाङ गाउँपालिकाका अध्यक्षज्यू हुनुहुन्छ । एक जना नेकपा एमालेको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य हुनुहुन्छ । यात्रा निरन्तर यसरी नै चल्यो तलमाथी गर्नु पर्ने भएकाले आर्मी–पुलिसबाट पनि मलाई असुरक्षा भयो । धेरै पटक मलाई तत्कालिन सेना–प्रहरीले यातना दिएका थिए ।
गाउँ वस्तीमा सबै माओवादी नभएमा बस्ने वातावरण भएन । गाउँ वस्तीमा डुलाएर ब्यापार गरेको रुपैयाँ केही सुरक्षित थियो । मैले वीरेन्द्रनगर बसाइ गर्ने निधो गरेँ । गर्पन गाविसबाट आउनु भएका दाजु टिकाराम खरालसंग जर्बुटा गाविस हाल वीरेन्द्रनगर–१३ गुप्तिपुरमा एक लाख ४ हजारमा ५ कठ्ठा जग्गामा किने र गर्पनदेखि एक दिनको यात्रा गरी गर्पनमा नै झ्याल ढोका तयार गरेर घर बनाउने निष्कर्षमा मैले झ्याल ढोका ल्याएर वीरेन्द्रनगर–१३ गुप्तिपुरमा सानो घर बनाए । ५ बर्षे छोरी र २ बर्षको छोरा, श्रीमतीसहित मेरो बसाईसराई भयो ।
केही समयपछि मैले इन्द्र बहादुर खत्री अंकलबाट उधारो कपडा, जुता, चप्पलको भाँडा समेतको कोठा लिएर ब्यापार सुरु गरेँ । साहुको उधारो सामान र आफ्नो उधारो लगानी उठाउन फेरि गाउँ वस्तीमा पुग्नुपर्ने मैले कुखुराको करदेखि खसी–बाख्रा, थारा भैंसीको बजार ल्याए बापत चन्दा दिन्थे साहुले पूर्व अल्झ्यामदेखि पश्चिम गुठुसम्म घ्यू, बेसार, अदुवा लगायतका वस्तु खरिद गर्न संकलन गर्न पठाउँथे । निवर्तमान ९ नम्बरका महिला सदस्य बहिनीका दाजु गोपाल लामा र निर्मल लामाका खच्चड थिए । धेरै लामो समयसम्म मैले खच्चडमार्फत पैठारी गरेको थिएँ । कहिले काँही झन्डै दुई सय भन्दा बढी खच्चड गाउँ वस्तीमा पु¥याउँथे ।
त्यस समयमा नेकपा माओवादीको मात्र यातना मैले खेप्नुपरेको थिएन । सेना प्रहरीको पनि यातना निकै भोगेको थिएँ । सेना–प्रहरीमा आफन्त भएको र वहाँहरुको नाम लिँदा जीवन आज यहाँसम्म आइपुगेको हो । कति जोडेको सम्पत्ति सकियो । कति माओवादीबाट चीट पठाएर दिएका सामान रहे शान्ती सम्झौता पश्चात यातना र सम्पत्ति क्षति भएको उजुरी शान्ति समितिलाई बुझाँए मेरो नाममा आएको ६५ हजार रकम अरु कसैले झिकेर खाइदिए ।
तथापि म आफुलाई थाकेको महशुस गरिन । गाउँपालिकाको सदस्य हुँदै वीरेन्द्रनगर–१२ नेकपा एमालेको वडा कमिटी सदस्य, उपाध्यक्ष हुँदै करिव १६ बर्ष वीरेन्द्रनगर–१२ र राज्यको पुनरसंरचनासँगै साविक ११ र १२ मिसाएर बनेको वडाको दुई कार्यकाल वडा कमिटी अध्यक्ष हँुदै हाल सुर्खेत जिल्ला कमिटी सदस्यमा पुगेको छु । नेकपा एमाले वीरेन्द्रनगर–१२ मा धेरै पटक पार्टी कमजोर पार्ने समूहको विरुद्ध खरो उत्रँदै पार्टी जोगाउने अभियानको नेतृत्व गरिँरहेँ । २०७४ मा चुनावको टिकट पाउने क्रममा म मेरो परिवार चितवन मेडिकल र क्यान्सर अस्पतालमा भर्ना थियौँ । मलाई पार्टीले वीरेन्द्रनगर–१२ को वडा सदस्यको टिकट दिएछ ।
वडा सदस्य निर्वाचित भए लगत्तै मैले आफूले सक्दो समाज सेवामा सक्रिय रहँदै कोभिड महामारी फैलिएका बेलामा घरघरमा कोभिड व्यवस्थापन, राहत, उद्धार सहयोग स्वास्थ्य सामग्री अक्सिजन सामाग्री बोकेर भेटघाट गर्थे त्यो कार्यकाल पनि त्यति सहजरुपमा रहेन दुई धारको नेतृत्वमा अध्यक्षको मातहतमा काम गर्न निकै कठिन थियो भयो ।
मैले पार्टीको मुलप्रवाहा छोडिन समय अवधि अगाबै वडा अध्यक्षज्यू एमाले परित्याग गरी नेकपा समाजवादी पार्टीमा एक जना सदस्यसहित जानुभयो वीरेन्द्रनगर–१२ मा फेरि नेकपा एमाले अत्यन्तै कमजोर हुन पुग्यो हामी तीन जना सदस्य पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै फेरि २०७९ को स्थानीय चुनावमा वीरेन्द्रनगर–१२ बाट पुराना तिन र नयाँ दुई गरी स्थानीय चुनावमा होमियौं चुनावको परिणाम हाम्रो पक्षमा यहाँका जनताहरूले दुई तिहाई बहुमत बढिले बिजय बनाउनुभयो । हामी आज एक जना महिला सदस्य जिल्ला समन्वयको सदस्य, एक जना कार्यपालिका सदस्य, एक जना न्यायक समिति सदस्य र वडा सदस्य म वडा अध्यक्ष छु हाम्रो दुई बर्षको अवधिमा वीरेन्द्रनगर–१२ ले बिकासमा काँचुली फेरेको छ यो मेरो भनाई होइन आम वीरेन्द्रनगरबासीले बोलेको कुरा हो ।
नेपाल भरिकै वडा अध्यक्षलाई यति धेरै काम कठिनाई छ भन्ने कुरा सायद जिम्मेवारी लिइसकेकाहरूलाई मात्र थाहा छ । बिहानदेखि रातीसम्म कुनै बेला सक्रिय नभएको कुनै दिन हुँदैन टेलिफोनको घण्टी अनवरत रूपले आउँछ । तिन तहका सरकारबाट आएको बजेट अनुदान सबै वडा अध्यक्ष, सदस्य अनुगमन बिबाद भए मिलाउन जानुपर्ने सबै कुरा वडामा हुन्छ भन्ने आम नागरिकमा विश्वास हँुदा र तीन तहका सरकारको काम, कर्तव्य, अधिकार नागरिकलाई बुझाउन नसक्दा झण्डै मानसिक रोगी हुने अवस्था वडा अध्यक्षलाई छ ।
जनताको माग पुरा गर्न कतिपय जनसरकारका सवालमा एक्सनमा जानुपर्ने परिस्थिति सिर्जना हुँदो रहेछ । तर मेरो पार्टीको नेतृत्व र मेरो पार्टी दुखको मात्र साथी भएको महसुस मलाई परेपछि थाहा भयो पार्टी सञ्चालन पार्टीको सदस्यता शुल्क, पार्टी परिचालन गर्दा मलाई हामीलाई खोज्ने तर समाजको हितका लागि भनेर केही अप्रिय नसोचेको परिस्थितीमा मलाई सहयोग गर्नुको साटो उल्टै सिध्याउने गरी लागेको थाहा पाउँदा नेतृत्व स्वार्थी, चरम अवसरवादी, चरम व्यक्तिवादी भएको महसुस भईरहेको छ ।
नीति, विचार, सिद्धान्तका कुरा भाषणमा क्रान्तिकारी देखिने, व्यवहारमा त पापी, कोर्दी स्वभावका हुँदा रहेछन । मैले संवेदनशील क्षेत्रलाई हेक्का नपु¥याउँदा दूरसञ्चार तथा नेटका तारहरू नयाँ पुराना कुन हुन थाहा नपाउँदा केही अप्रिय काम हुन पुग्यो तर मैले नागरिकहरूको घर बाहिर भित्र हलुका सवारी साधन हिन्डुल गर्न समेत कठिन भएको हुँदा बिजुलीका नाङ्गा तारहरूमा अन्य तारहरू बाँधेर राखेको कारण सूचना जारी गरेर नागरिकको रोहोवरमा आफैले तार काट्न बाध्य भए ।
त्यो कुरा पनि नेपाली सेना, नेपाल टेलिकम नेपाल, विद्युतका स्वयम् म समन्वय गरी अवरोध भएका सञ्चारहरूलाई सञ्चालन गर्ने काम पूरा गरियो तर मलाई अप्ठ्यारो पार्ने हेतुले फेरि रातको ९ बजे सुनियोजित ढंगले दूरसञ्चारको तार काटी मेरो नाममा उजुरी प¥यो । मैले सार्वजनिक मान्छेले सार्वजनिक गरेर काटेको कुराभन्दा बेगर नगरेको आरोप खेप्नुप¥यो ।
मैले यो कुरा मेरो नेतृत्व र पार्टीलाई भने तर मलाई उहाँहरुबाट कुनै जघन्य अपराध गरे जसरी राज्यको सम्पत्ति भ्रष्टाचार गरे जस्तै गरी अपराधीको रूपमा चित्रण गरियो । यो मेरो नितान्त निजी मामिला थिएन र निजी प्रयोजनको लागि पनि थिएन । मेरै पार्टीभित्रका केही नेताहरूबाट सहयोग गर्नुको साटो मौका यही हो । यो धेरै लोकप्रिय भयो भने आगामी २०८४ मा फेरि जनताबाट माथिल्लो पदबाट निर्वाचित भयो भने हामी सकिन्छौँ कि भन्दै सहयोग गर्नुको साटो असहयोग गरेको कुरा घाम जस्तै छर्लङ्ग छ ।
म नेपालको कानुन, नेपालको संविधान, विधिको शासन समाजको भावना विपरीत परिचालित हुने मान्छे होइन । मलाई सम्बन्धित सरोकार राख्ने सबै निकायबाट भुलबस गरिएका कुरालाई समाजको लागि गरेको भन्ने मान्यताका साथ समाधान गरिदिनुभएको छ । जिवन भरी संघर्षै संघर्षका पहाडहरू छिचल्दै आज म वडा अध्यक्षको रुपमा छु । अझ तीन बर्ष बाँकी छ । डटेर समाज सेवा निम्ती सेवा गर्नेछु । मेरो कुनै निजी स्वार्थ छैन । विपन्न परिवारको भएपनि मेरा छोराछोरी सबै सरकारी सेवामा छन् ।
मैले आफूलाई नपुगेर समाजको सेवामा आएको होइन तर सुखको साथी एमाले, दुःखको साथी एमाले होइन भन्ने कुरा ३० वर्षको राजनीतिक यात्राबाट आज मलाई महसुस भयो सायद पार्टीमा गुट–उपगुट समूह गराउनुभन्दा कामकाजी साथीहरूलाई समेटेर नेकपा एमाले बलियो बनाउनुपर्छ भन्ने कुरा मेरा सार्वजनिक अभिव्यक्तिका कारण मलाई असहयोग गरेको कुरा मैले बुझेको छु । तर म वीरेन्द्रनगर–१२ का जनताको आँखा कहिँ कतै कसिङ्गर भएको छैन ।
कुनै पनि राजनीतिक दलबाट मलाई असहयोग ग¥यो भन्ने कुरा कहिँ कतै सार्वजनिक हिसाबले सुनिएको छैन मेरो जिम्मेवारिमा रहेको वडा अध्यक्षले गर्नुपर्ने कुनै सेवा आस्थाका आधारमा सेवा अवरोध नरहेको साथै म एक शहिद परिवारको सदस्य पनि हो र जस मध्य नेपाली सेनामा कार्यरत दाजु र प्रहरी सेवामा कार्यरत भाई देशका लागि शहिद भएका छन् । राज्य विद्रोहीबाट याताना, कुटपिट, बेपत्ता र कुटपिटकै कारण केही समयपछि मुत्युलाई जित्दै नयाँ जीवन पाएको एक स्वाभिमान नेपाली नागरिक हु । त्यसैले त म जहिले पनि जय स्वाभिमान ।





