महाविद्यालयको वार्षिक खेलकुद सप्ताह सम्पन्न

सुर्खेत,१६ माघ ।

सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतले महाविद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत माघ ११ गतेदेखि १५ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरी ’वार्षिक खेलकुद सप्ताह’ सम्पन्न गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथि हिरालाल जोशीकाे  प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

समापन समारोहमा वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख , सुर्खेत स्थित नेपाली सेनाका विभिन्न गण तथा गुल्मका प्रमुखहरू, विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधिहरू, पत्रकार लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

महाविद्यालयका अतिरिक्त शैक्षिक क्रियाकलाप बिभाग प्रमुख बेतेन्द्र कुमार दहालले संचालन गरेको कार्यक्रममा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी प्रकाश जि.सीले  स्वागत मन्तव्य राखेका थिए  । समापन समारोहमा विद्यार्थीहरूद्वारा मार्च पास, मास पिटी, तेक्वान्दो प्रदर्शन तथा राष्ट्रिय सेवादलका छात्रछात्राहरू द्वारा एरोबिक्स डान्स प्रस्तुत गरिएको थियो ।

खेलकुद सप्ताहको समापन कार्यक्रमका प्रमुख अतिथि उपरथि जोशीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिन महाविद्यालय लागि परोस् भन्ने शुभेच्छा प्रकट गरे  ।

खेलकुद सप्ताह समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष श्री चन्द्र कुमार गिरीले विद्यालयमा सञ्चालन गरिने यस्ता खेलकुद कार्यक्रमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गरे  ।

महाविद्यालयका खेलकुद शिक्षक उत्तम खड्काका अनुसार उक्त वार्षिक खेलकुद सप्ताहमा फुटबल, भलिबल, बास्केटबल, हेण्डबल, ब्याटिमन्टन, कबड्डी, टेबल टेनिस, क्रिकेट, खो–खो, दौड, हाइ जम्प, लङजम्प लगायत विभिन्न विधाका ४४ वटा खेलहरू सञ्चालन गरिएको थियो ।

कुल ४५६ जना छात्रछात्राहरूले सहभागीता जनाएको उक्त खेलकुद सप्ताहमा छात्रतर्फ कक्षा १२ का भरत राना क्षेत्री तथा छात्रातर्फ कक्षा ६ कि भूपिका शाही बेस्ट “अफ स्पोर्ट्स“ घोषित भए । समग्र खेलहरूमा भएको सहभागिता तथा नतिजा अंकका आधारमा हरियो सदन “च्याम्पियन अफ स्पोर्ट्स – २०७९” बन्न सफल भयो ।

साथै, यसै कार्यक्रमको अवसरमा यस महाविद्यालयमा कक्षा ४ देखि १२ सम्म अध्ययन पुरा गरि नेपाली सेनाको सि. सं. ६३ अधिकृत क्याडेट छनौट परीक्षाको अन्तिम परीक्षामा उत्तिर्ण हुन सफल कृति थापालाई सम्मान गरिएको थियो ।

खेलकुदले विद्यार्थीको पठनपाठन एवं समग्र उन्नयनमा सहयोग गर्ने र यस्ता गतिविधिहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने भन्दै महाविद्यालयका प्रिन्सिपल प्रेम बहादुर बिश्वकर्माले खेलकुद सप्ताह समापन समारोहको समापन गरेका थिए ।

महाविद्यालयको वार्षिक खेलकुद सप्ताह सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-10-16)

महाविद्यालयको वार्षिक खेलकुद सप्ताह सम्पन्न

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds