एक करोड ८० लाख बढीको मौरी नष्ट


जाजरकोटमा एक करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पको कम्पनले जाजरकोट जिल्लामा एक करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको हो ।

रामिडाडाँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा एक करोड ८० लाख ४४ हजार ६ सय ५० लागतको मौरी नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माका अनुसार भूकम्पले आधुनिक, मुढे र खोपे घारका गरी जम्मा एक हजार दुई सय सात घार मौरी नष्ट भएका छन् । एक हजार दुई सय सात घार मौरीले उत्पादन गर्ने १४ हजार चार सय ८४ किलो मह नष्ट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

प्रतिगोला मौरीको मूल्य चार हजार, प्रतिघार आधुनिक घारको मूल्य चार हजार, मुढे घारको मूल्य तीन हजार पाँच सय प्रति किलो महको मूल्य ६ सयका दरले जम्मा एक करोड ८० लाख ४४ हजार ६ सय ५० लागतको मौरी, घार र मह नष्ट भएको विश्वकर्माले बताए ।

एक करोड ८० लाख बढीको मौरी नष्ट

राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण छः

एक करोड ८० लाख बढीको मौरी नष्ट

बन्द हुन थाले उत्पादनमूलक उद्योग