जुम्लामा नवौ उद्योग दिवशमा २२ जना उद्यमी पुरस्कृत


जुम्लामा नवौ उद्योग दिवश मनाईएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा दिवश मनाईएको छ । दिवशमा २२ जना उद्यमीलाई सम्मान गरिएको छ । राडिापाखी, नर्सरी, अचार उद्योग, जडिवुटि सहित विभिन्न क्षेत्रका उद्योगीलाई सम्मान गरिएको हो ।
दिवशको अवसरमा कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी सन्तोष कार्कीलाई सम्मान गरिएको छ । कार्कीले सेवा अवधिमा कार्यालयमा उत्कृष्ट काम गरेको बताईएको छ ।
उद्यमीहरुले कच्चा पदार्थको लगानीको बिषय, बजार र गर्न सक्ने उद्यमीलाई सरकारको लगानी प्रथामिकतामा राख्न अनुरोध गरेका छन् ।
उद्यमी कुञ्जाङ लामाले आफुले राडिपाखिबाट कर्णालीमै नमूना बनाउन खोजेपनि प्राप्त लगानी नहुदा समस्या भएको बताए ।
उद्यमी नारायणी चौलागाईका अनुसार उद्योग दिवशलाई व्यापक रुपमा बृहत मनाएर जनचेतना फैलाउन आवश्यक छ ।
उद्यमी तथा सफल होटल व्यवसायी पदमबहादुर महतले जिल्लाका उद्यमीको आवश्यकता अनुसार सरकारका कार्यक्रमले प्रथामिकता दिनुपर्ने सुझाव दिए । अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तालिम र अनुदान लिएर उपयोग गर्नु, व्यवसायी वन्ने उद्यमीलाई धन्यवाद दिए । उनले भने, ‘अनुदान लिने तर छोडिदिने कामको निगरानी हुन आवश्यक छ ।’
निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जिल्लामा फरक प्रकृतिका उद्योगहरु संचालन गर्न सुझाव दिए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार वाँनियाले सम्भावनमा भएका उद्योगमा लगानी आवश्यक रहेको बताए । उनले कार्यालयले गर्ने कामका विषयमा जानकारी दिए ।





