नगर उपप्रमुख आचार्यले हस्तान्तरण गरे क्रिकेट खेल सामग्री


सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले क्रिकेट खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा शुक्रवार खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको नगर उप–प्रमुख पुरुषोत्तम आचार्यले जानकारी दिए ।
अन्य खेलसँगै क्रिकेट पछिल्लो चरणमा निकै महत्वपूर्ण खेल भएकोले यस खेलको विकास र विस्तारमा जोड दिइएको उनले बताए । क्रिकेट खेल सामग्री नहुँदा खेलाडीहरु वाहिर खेल्न जानु हिच्किचाउने अवस्था थियो ।
खेलाडी भरत विसीले खेलकुदका सामाग्री सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद दिए ।






