ढुङ्गाबाट चिप्लिएर तिला नदीमा एक युवा बेपत्ता

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ का एक युवा तिलानदीमा बेपत्ता भएका छन् । दसैँ मनाउन घर जाने क्रममा भैंसीगौंडास्थित तिलानदीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा वडा नम्बर–९ का २२ वर्षिय अर्जुन उपाध्याय रहेका छन् । भैंसीगौंडामा काठे पुल निर्माण भएको छ । पुल तरेर पारि गएका बेला नदीको पानी पिउने क्रममा ढुङ्गाबाट चिप्लिएर उपाध्याय बेपत्ता भएका हुन् । तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले वडा नं ९ का अर्जुन उपाध्याय बेपत्ता भएका र उनको खोजी जारी रहेको बताए ।

उपप्रमुख शाहीले नेपालगन्ज अध्यायन गर्दै आएको उपाध्याय दसैँ मनाउन घर जाँदै थिए । तर जन्म घर चिल्खाया पुग्न नपाउँदै तिला नदीमा उपाध्याय बेपत्ता भएका हुन् । प्रहरी र स्थानीहरुले अर्जुनको खोजी जारी राखे पनि अझै भेटिएको छैनन् ।

ढुङ्गाबाट चिप्लिएर तिला नदीमा एक युवा बेपत्ता

मंगलवार पनि केही ठाउँमा वर्षाको सम्भावना

ढुङ्गाबाट चिप्लिएर तिला नदीमा एक युवा बेपत्ता

रुकुमपश्चिमको एक होटलमा महिला मृत फेला