२०८३ बैशाख १४ गते
×

Now Playing

बालिकालाई यौन प्रस्ताव राख्ने एमाले नेता शाही विरुद्ध मुद्दा दर्ता

नेकपा एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका –८ का सुरत बहादुर शाही विरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।सोही वडाकी १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने,यौन सम्बन्धका लागि फकाउने, प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएपछि मुद्दा दर्ता भएको हो ।

पीडित किशोरीका बुबाले दिएको जाहेरीको आधारमा मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । ‘पीडित किशोरीका बुबाले जाहेरी दिएका हुन् । उनले भने, ‘बालबालिका सम्बन्धि ऐन –२०७५ अनुसार मुद्दा दर्ता भएको छ ।

सार्वजनिक भएको अडियोमा नेता शाहीले बालिकालाई प्रवेश परिक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा यौन सम्बन्ध राख्न दिनु पर्ने तथा सम्बेदनशील अंगको फोटो पठाउनुपर्ने भनि प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ ।
नातामा ठूलो बुबा पर्ने शाहीले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फोनमा समेत गर्न थालेपछि अत्ति भएर रेकर्ड गरेको पीडित बालिकाले बताएकी छिन् ।

सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलो नेताले सम्पर्क गरे। हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित बालिकाले भनिन्, ‘ठूलो बुबा भनेर आश मानेको त अपराधिक मानसिकता रहेछ । मलाई अत्ति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएको हो ।

काठमाडौंमा ११ कक्षामा अध्ययनरत बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पीडित किशोरीको भनाई छ । उनले नेता शाहीलाई प्रचलित कानुन अनुसार सजाया दिलाउन न्यायको ढोका ढकढक्याउन पुगेको बताएकी छिन् । ‘म्यासेज र फोनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’ उनले भनिन्, ‘त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरु प्रमाणको रुपमा पेस गरेकी छु।किशोरीका बुबाले बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेको बताएका छन् ।

हामी सोझा मान्छे देखेर आफ्नै छोरी समान मेरो माथि नेता शाही यौन अपराध गरे,’ उनले भने, ‘मेरी छोरीले न्याय पावस र दोसीलाई सजाय होस भनी जाहेरी दिएको हुँ।उनले सोही ऐनको परिच्छेद ९ मा रहेको बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेका छन् ।

खण्ड (ग) अनुसार ‘यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, गरेको खण्डमा दुर्ववहार गरेको मानिने’ भनी उल्लेख गरिएको छ।ऐनको परिच्छेद ९ दाफा ७२ को उपदफा ३ को खण्ड (ख) मा ‘दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा पचहत्तर हजार रूपैयाँ सम्म जरिबाना र तीन वर्षसम्म कैद गरिनेछ’ भनी लेखिएको छ।त्यस्तै ऐनको दफा ७३ मा बाल अदालतले प्रचलित कानून र ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ठ वा आवधिक रूपमा कसूरदारबाट भराइदिने व्यवस्था गरेको छ ।

पीडित बालिकाले ऐनको दफा ७४ को उपदफा (१) मा उल्लेखित दफा ६६ अन्तर्गत प्रचलित कानूनको हदम्याद भित्र जाहेरी लिएर मुद्दा प्रक्रियामा गएको बताएकी छिन् ।

बालिकालाई यौन प्रस्ताव राख्ने एमाले नेता शाही विरुद्ध मुद्दा दर्ता

६ पटक म्याद थपियो, महावुमा बनेन पुल

बालिकालाई यौन प्रस्ताव राख्ने एमाले नेता शाही विरुद्ध मुद्दा दर्ता

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख