तिहारभर वालेटमा २० पटक रकम जम्मा गर्न मिल्ने

तिहार तथा छठको अवसरमा नेपाल राष्ट्र बैंकले ईसेवा, खल्तीजस्ता मोबाइल वालेटमा लोड गर्न सकिने रकमको सीमा बढाइदिएको छ । हाल दिनको १० पटकसम्म रकम जम्मा गर्न सकिनेमा अब दैनिक २० पटकसम्म जम्मा गर्न मिल्ने भएको हो ।

शुक्रवार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार कात्तिक २४ देखि मंसिर ३ गतेसम्म यो व्यवस्था कायम गरिएको छ ।‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थाअनुसार प्राकृतिक व्यक्त्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम गर्न गर्न सकिन्छ,’ परिपत्रमा भनिएको छ, ‘कात्तिक २४ देखि मंसिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरीएको छ ।’

परिपत्रअनुसार सो अवधिमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम भुक्तानी सेवा प्रदायकहरूले विभागलाई जानकारी गराउनुपर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सेप्टेम्बर–अक्टोबरमा वालेटबाट दुई करोड २६ लाख २२ हजार एक सय ७० रुपैयाँको कारोबार भएको छ । गत वर्षको यही अविधिमा एक करोड ५७ लाख तीन हजार ४२ रूपैयाँको कारोबार भएको थियो ।

तिहारभर वालेटमा २० पटक रकम जम्मा गर्न मिल्ने

हुम्लाको विमानस्थलमा पहुँचकै भरमा टिकट वितरण

तिहारभर वालेटमा २० पटक रकम जम्मा गर्न मिल्ने

मुगु हत्या घटना: पक्राउ परेका आरोपित दुई